२०८२, १० माघ शनिबार

बालकुमारी घटना गणतन्त्रविरुद्धको ‘डिजाइन’ भनेर प्रधानमन्त्रीले मोड्न खोज्दै छन् : एमाले नेता भीम रावल

बालकुमारी घटना गणतन्त्रविरुद्धको ‘डिजाइन’ भनेर प्रधानमन्त्रीले मोड्न खोज्दै छन् : एमाले नेता भीम रावल


काठमाडौं । पूर्व उपप्रधान, गृहमन्त्री तथा नेकपा एमालेका नेता भीमबहादुर रावलले प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले बालकुमारी घटनाप्रति दिएको अभिव्यक्ति गैरजिम्मेवार भएको टिप्पणी गरेका छन् ।

प्रधानमन्त्री प्रचण्डले दुई युवाको ज्यान जानेगरी ललितपुरको बालकुमारीमा भएको घटनालाई गणतन्त्र र लोकतन्त्रविरुद्ध गरिएको षड्यन्त्र बताएपछि नेता रावलले घटना अन्तै मोड्न खोजेको आरोप लगाएका हुन् । सोमबार नेपाली कांग्रेसको राष्ट्रिय एकता तथा मेलमिलाप दिवसको अवसरमा आयोजित कार्यक्रममा प्रधानमन्त्री प्रचण्डले बालकुमारी घटना लोकतन्त्र र गणतन्त्रविरुद्धको डिजाइन भएको हुनसक्ने अभिव्यक्ति दिएका थिए । प्रधानमन्त्री दाहालले घटना सामान्य नभएको भन्दै घटना बाहिर देखिए जस्तो नभएको र त्यहाँ केही न केही षडयन्त्र भएको आफूले अनुभूत गरेको बताएका थिए ।

नेता रावलले बालकुमारी घटना राज्य प्रणालीविरुद्धको षडयन्त्र भनेर प्रधानमन्त्री दाहाल नै घटनालाई अन्तैतिर मोड्न खोजेको आरोप लगाएका छन् । नेता रावलले मंगलबार सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘गिरिजा प्रसाद कोइरालाले ग्रयाण्ड डिजाइन भन्ने तर नखोलेर सत्ताको खेल खेलेका थिए । उनैका प्रशंसक प्रचण्डले व्यवस्थामा खतराको कुरा गर्दै बालकुमारी हत्याकाण्डमा डिजाइनु भएको भनेका छन् । कस्तो र कसले गरेको रु प्रमले भन्नु पर्छ । अन्यथा ध्यान अन्तै खिची यी विषय लुकाउने प्रमको डिजाइन हुनसक्छ ।’

कोरियन भाषा परीक्षाको विषयलाई लिएर बालकुमारीमा विरोध प्रदर्शनमा उत्रिएका यु्वाहरूमाथि प्रहरीले गोली चलाउँदा दैलेखका सुजन राउत र अछामका वीरेन्द्र शाहको मृत्यु भएको छ । सरकारले सो घटनाको छानबिन गर्न उच्चस्तरीय छानबिन आयोग गठन गरेको छ ।

प्रकाशित मिति : २०८०, १७ पुस मंगलबार  २ : ०८ बजे

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई

चुनावी प्रतिस्पर्धा खुम्चियो, ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये

अधुरा सपना पूरा गर्ने अठोटसहित ठाकुर गैरे पुनः चुनावी मैदानमा

पाल्पा । पाल्पाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार

ओलीको चुनावी कमाण्डर बने देवेन्द्र दाहाल, झापाबाट ‘फुल गियर’ चुनावी अभियान सुरु

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको