२०८२, १९ चैत्र शुक्रबार

राजनीतिक दलका लागि सरकार भन्दा जनता महत्त्वपूर्ण हुनुपर्छ : ओली

राजनीतिक दलका लागि सरकार भन्दा जनता महत्त्वपूर्ण हुनुपर्छ : ओली


काठमाण्डौ । पूर्वप्रधानमन्त्री एवम् नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले राजनीतिक दलका लागि सरकार भन्दा जनता महत्त्वपूर्ण हुनुपर्ने बताउनुभएको छ ।

शनिवार काठमाण्डौमा आयोजित एसियाली राजनीतिक दलहरूको अन्तर्राष्ट्रिय सम्मेलन (आइक्याप) ले आयोजना गरेको स्थायी समितिको चौधौँ बैठक र एसिया—युरोप राजनीतिक मञ्चको पाँचौँ बैठकलाई सम्बोधन गर्दै उहाँले यस्तो बताउनुभएको हो ।

उहाँले राजनीतिक दलहरूले कार्यकारी शक्तिको अभ्यास मात्र नभइ दीर्घकालीन राष्ट्रिय हितको रक्षा, प्रभावकारी र गतिशील राष्ट्र निर्माण गर्ने दिशामा आफूलाई केन्द्रित गर्नुपर्ने बताउनु भयो । अध्यक्ष ओलीले कुनै पनि सरकारबाट गरिने अन्याय एवम् पक्षपातले नागरिकको आँखामा सम्बन्धित राजनीतिक प्रणालीको वैधानिकतालाई मात्र नखुम्च्याउने भन्दै यसले आन्तरिक एवम् अन्तर्राष्ट्रिय स्तरमा समेत अस्थिरता, द्वन्द्व र अराजकता निम्त्याउने बताउनु भयो ।

उहाँले सबैका लागि न्याय, सम्मान र समानता कायम गरी सहअस्तित्व, सहिष्णुता, सद्भाव तथा सहयोगको भावना प्रवर्द्धन गर्न राजनीतिक दलहरूको भूमिका असाधारण हुने विश्वास व्यक्त गर्नुभयो । अध्यक्ष ओलीले धार्मिक विश्वास, संस्कृति, परम्परा, विचार र सामाजिक मूल्यहरू सबैका लागि उत्तिकै प्रिय रहेको र यसले मानवतालाई एकताको सूत्रमा बाँध्ने बताउनु भयो ।

उहाँले भन्नुभयो, ‘कुनैपनि देशलाई सुल्झिएको राजनीति, त्यस्तै राजनीतिक दल र राज्यव्यवस्थाको योगले मात्र सक्षम बनाउँछ । यस योगबाट प्रभावकारी संवैधानिक तथा कानुनी प्रबन्धको निर्माण हुन्छ । बलिया सार्वजनिक संस्था बन्न सक्दछन् कानुनको शासन लागू हुन्छ । सेवा प्रवाह गर्ने राज्यको क्षमता बढोत्तरी हुन्छ । आधारभूत मानव अधिकार, नागरिक स्वतन्त्रता, न्याय, समानता र समान संरक्षणको प्रत्याभूति गर्नसक्ने सरकारले नागरिकको विश्वास आर्जन गर्दछ । यसैका आधारमा राजनीतिक स्थायित्व हासिल गर्दै आर्थिक विकासको बाटो पहिल्याउने तथा आन्तरिक स्थिरता र वाह्य सुरक्षा कायम राख्नसक्ने देश नै समृद्धशाली देश हो । राजनीतिक दलहरू तानाशाही व्यवस्था र शासकहरूबाट मुक्ति हासिल गरी आफ्नै शासन कायम गर्न जनताले खोलेका संस्था हुन् । त्यसकारण राजनीतिक दलका निम्ति सरकार भन्दा जनता ज्यादा महत्त्वपूर्ण हुनुपर्दछ ।’

अध्यक्ष ओलीले विश्वका समस्या समाधान गर्न नेतृत्वदायी भूमिका खेल्नका लागि सबैलाई आह्वान गर्नुभयो । सम्मेलनमा दिगो पर्यटन प्रवर्द्धन र महामारीपछि आर्थिक स्थायित्वको सुरक्षामाथि गहन छलफल हुनुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा एसियाली राजनीतिक दलका नेताहरुको सहभागिता रहेको छ ।

प्रकाशित मिति : २०८०, २७ आश्विन शनिबार  २ : २९ बजे

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक आकस्मिक रूपमा बस्न

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले