२०८२, १९ मंसिर शुक्रबार

राष्ट्रिय राजमार्गका खाल्डाखुल्डी पुर्दै सडक विभाग

राष्ट्रिय राजमार्गका खाल्डाखुल्डी पुर्दै सडक विभाग


काठमाण्डौ । सडक विभागले वर्षाका कारण खाल्डाखुल्डी भएका राष्ट्रिय राजमार्गमा खाल्डाखुल्डी पुर्नेलगायतका मर्मतको काम शुरु गरेको छ ।

वर्षाका कारण धेरै सडकमा खाल्डाखुल्डी भएका कारण मर्मत गर्न शुरु गरिएको विभागले जनाएको छ । मर्मतको काम विभागको नियमित काम भएको र वर्षा सकिनासाथ अघि बढाइएको सम्भार महाशाखाका सिनियर डिभिजनल इञ्जिनियर (सीडीई) नातिबाबु खड्काले बताउनुभयो । साउनदेखि नियमित मर्मतका लागि असार महिनामा नै ठेक्का गरेर तयारी अवस्थामा बस्न निर्देशन दिइएको उहाँले बताउनुभयो ।

विभागले बर्सेनि वर्षा सकिनासाथ मर्मत गर्ने गरेको छ । वर्षा सकिनासाथ र अर्को वर्षा शुरु हुनु पहिले मर्मतको काम बढी हुन्छ । उहाँले भन्नुभयो, वर्षा सकिनासाथ दशैँ पनि पर्छ । तर मौसमका हिसाबले पनि वर्षा सकिएपछि मर्मत गर्नु उपयुक्त हुन्छ ।

यो वर्ष दशैँ केही ढिला गरी रहेको छ । मर्मतको काम बर्सेनि गर्ने समयमा गर्दा पनि दशैँमा सडक राम्रो अवस्थामा पुग्ने उहाँले बताउनुभयो । मर्मतको काम शुरु भइसकेको उहाँले जानकारी दिनुभयो । उहाँले भन्नुभयो, सबैतिर भइरहेको रिपोर्ट आइरहेको छ दशैँ अघि सबैतिर भइसक्छ होला ।

राष्ट्रिय राजमार्गमा सडक बोर्डले बजेट व्यवस्थापन गर्ने र सडक विभागअन्तर्गत रहेका ३५ डिभिजनले नियमित मर्मत गर्छन् । त्यहीअनुसार यो वर्ष पनि असार महिनामै ठेक्का भएको थियो । यो वर्ष बोर्डका लागि सरकारले रकम विनियोजन नगरेका कारणले अहिले बजेटको समस्या रहेको सिनियर डिभिजनल इञ्जिनियर खड्काले बताउनुभयो । कतिपय काममा खर्च तुरुन्त हुने र भुक्तानी तुरुन्त दिनुपर्ने हुन्छ । उहाँले भन्नुभयो, पुरानो दायित्व नै सबै भुक्तानी भइसकेको छैन ।

सडक विभागले मातहतका डिभिजन सडक कार्यालयलाई तुरुन्त गर्न निर्देशन दिइएको र कार्ययोजना पनि बनेको थियो । काम शुरु भए पनि भने जस्तो प्रगति भइनसकेको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, तुरुन्त भुक्तानी दिनसक्ने अवस्था नभएसम्म समस्या रहेको छ ।

वर्षाको समयमा देशभरका धेरै सडकमा क्षति भए पनि अहिले ती सबै चालु भइसकेको विभागले जनाइएको छ । कतिपय सडकमा ठूलो क्षति रहेकामा तीनमा सडक खुलाइसकिएको र सडक मर्मतको काम गर्दै जाने विभागको योजना रहेको पाइन्छ ।

प्रकाशित मिति : २०८०, २६ आश्विन शुक्रबार  २ : ०६ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको