२०८२, २१ मंसिर आईतबार

पहिचानवादी र दुर्गा प्रसाईका कार्यकर्ताद्वारा झापामा एमाले नेता कार्यकर्ताको गाडी तोडफोड

पहिचानवादी र दुर्गा प्रसाईका कार्यकर्ताद्वारा झापामा एमाले नेता कार्यकर्ताको गाडी तोडफोड


काठमाडौँ । झापाको अर्जुनधारामा एमाले नेता महेश बस्नेत सहभागी एक कार्यक्रम बिथोल्न गएका पहिचानवादी पक्षधर र दुर्गा प्रसाईका कार्यकर्ता तोडफोडमा उत्रिएका छन् ।

युवा संघको कार्यक्रम चलिरहेका बेला एमाले नेता कार्यकर्ताले पार्किङमा राखेका सवारी साधन तोडफोड गरिएको हो ।

आज अर्जुनधारामा राष्ट्रिय युवा संघ नेपाल अर्जुनधारा नगर कमिटीको अधिवेशन थियो । सोही कार्यक्रममा सहभागी हुन गएका नेता कार्यकर्ताको गाडी तोडफोड भएको हो ।

तोडफोडबाट सात वटा गाडीका सिसा फुटेको कोशी प्रदेशका डीआईजी राजेशनाथ बास्तोलाले जानकारी दिए । उनका अनुसार तोडफोडमा संलग्न पहिचानवादी र दुर्गा प्रसाईका कार्यकर्ता भएको बुझिएको छ ।

तोडफोडमा संलग्नको खोजी भएपनि पक्राउ परिनसकेको डीआइजी बास्तोलाले बताए ।

प्रकाशित मिति : २०८०, २५ आश्विन बिहीबार  ४ : ४४ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको