२०८२, १० माघ शनिबार

मधेसको स्वाभिमान र समृद्धिका लागि एमाले सरकार : सचिव योगेश भट्टराई

मधेसको स्वाभिमान र समृद्धिका लागि एमाले सरकार : सचिव योगेश भट्टराई


जनकपुर । प्रमुख प्रतिपक्षी नेकपा एमालेका सचिव योगेशकुमार भट्टराईले मधेसको स्वाभिमान र समृद्धिको लागि एमालेले सरकारको नेतृत्व गर्नुपने बताउनु भयो ।

आज जनकपुरमा आयोजित पत्रकार सम्मेलनमा बोल्नुहुदै उहाँले प्रदेश, स्थानीय तह, वडा र टोल अधिवेशनमा जुटिरहेको र चैत्र मसान्तसम्म सबै सकेर शसक्त र गतिशिल संगठन बन्ने बताउनु भयो । एमालेले आफ्नो प्रथम मधेस अधिवेशन ‘सामाजिक न्याय र सुशासन हाम्रो कार्यभार, मधेसको स्वाभिमान र समृद्धिको लागि एमाले सरकार’ मुल नाराका साथ असोज २४ र २५ गते जनकपुरधाममा गर्न लागेको हो । जनकपुरधामस्थित महेन्द्र नारायण निधी मिथिला सांस्कृति केन्द्रमा हुने अधिवेशनमा १ हजार २७ प्रतिनिधीहरुको सहभागिता रहने एमाले सचिव एवं मधेस प्रदेश ईन्चार्ज भट्टराइले जानकारी दिनुभयो । यो अधिवेशनबाट समावेशी प्रतिनिधित्व हुने गरी प्रादेशिक समिति छनौट भएका छन् । एमालेको मधेस प्रदेशको प्रथम अधिवेशनका लागि सम्पूर्ण तयारी पूरा भएको जानकारी दिनु भयो ।

सचिव भट्टराईका अनुसार ‘चाडपर्वहरु सम्पन्न गरेपछि हाम्रो जिल्ला अधिवेशन हुन्छ । त्यसपछि हाम्रो पालिका अधिवेशन हुन्छ । सबै देशभरका पालिकाको ७५३ वटाकै । त्यसपछि हाम्रो वडा अधिवेशन हुन्छ । देशभरका सबै वडाको । त्यसपछि टोल अधिवेशन हुन्छ । र चैत मसान्तसम्म पुग्दा एमाले तन्दुरुस्त हुन्छ । संगठनात्मक हिसावले । यो हाम्रो अधिवेशन साल हो । मधेस प्रदेशको विकासका लागि एमालेको सरकार आवश्यक छ । एमालेको मुख्यमन्त्री चाहिन्छ । एमालेको सरकार चाहिन्छ । १३६ पालिका एमालेको प्रमुख चाहिन्छ । प्रधानमन्त्री एमालेको चाहिन्छ ।

मधेसमा भएको शक्तिको तागत बढाउन चाहन्छौँ । ६६ हजार २ सय पार्टी सदस्यलाई कुनै न कुनै हिसावले सहभागी गराएका छौँ, यो अधिवेशनमा । पार्टीका हरेक सदस्यलाई विधानसम्मत नेतृत्वमा आउने, प्रतिष्पर्धा गर्ने छुट छ । तर हामी सकेसम्म सर्वसम्मत गर्ने प्रयास गर्नेर्छौँ ।’

प्रकाशित मिति : २०८०, २३ आश्विन मंगलबार  ५ : ५८ बजे

विकासको ट्र्याक रेकर्ड देखाउँदै एमाले उपाध्यक्ष पौडेल मैदानमा

रुपन्देही । नेकपा एमाले रुपन्देही निर्वाचन क्षेत्र नं. २ को

कांग्रेसले खोल्यो पावर कार्ड : प्रधानमन्त्रीको उम्मेदवार बने गगन थापा

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय समिति बैठकले सभापति गगन थापालाई

चुनावी प्रतिस्पर्धा खुम्चियो, ४९ उम्मेदवारले लिए उम्मेदवारी फिर्ता

काठमाडौं । आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि उम्मेदवारी दिएका मध्ये

अधुरा सपना पूरा गर्ने अठोटसहित ठाकुर गैरे पुनः चुनावी मैदानमा

पाल्पा । पाल्पाबाट प्रतिनिधिसभा सदस्य निर्वाचनमा नेकपा (एमाले) का उम्मेदवार

ओलीको चुनावी कमाण्डर बने देवेन्द्र दाहाल, झापाबाट ‘फुल गियर’ चुनावी अभियान सुरु

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको निर्वाचन परिचालनको