२०८२, १७ असार मंगलबार

सांसदहरुको एउटै स्वर : इजरायलमा उद्धारका लागि आर्तनाद गरिरहेका नेपालीको युद्धस्तरमा उद्दार गरियोस्

सांसदहरुको एउटै स्वर : इजरायलमा उद्धारका लागि आर्तनाद गरिरहेका नेपालीको युद्धस्तरमा उद्दार गरियोस्


काठमाडौं । प्रतिनिधिसभामा शुन्य समयमा बोलेका अधिकांश सांसदले इजरायल हमलामा मृत्युवरण गरेका नेपालीप्रति दुःख व्यक्त गरेका छन् । उनीहरुले अलपत्र अवस्थामा रहेका नेपालीको आर्तनाध सुनेर तत्काल उद्धार, घाइतेलाई उपचार व्यवस्था गर्न, मृतकको शव नेपाल ल्याउने कार्यमा लाग्न तथा राहतको व्यवस्था गर्न सरकारसँग माग गरेका हुन् ।

सोमबार प्रतिनिधिसभा बैठकमा शुन्य समयमा बोलेका अधिकांश सांसदहरुले हमास र इजराइल बीचको हमलामा परी घाइते भएका,अलपत्र र सम्पर्कबिहीन भएका नेपालीको तत्काल उद्दार गर्न ,तथा मृतक नेपाली विद्यार्थीको शव नेपाल ल्याउन र राहतमा लाग्न सरकारसँग माग गरे । सरकारले युद्धस्तरमा हमलामा परेका नेपाली विद्यार्थीको उद्दार गर्नुपर्ने र अन्य क्षेत्रमा काम गर्न गएका नेपालीको संख्या विवरण उपलब्ध गराई उनिहरुको अवस्थाबारे जानकारी गराउन सांसद अर्जुन नरसिंह केसीले माग गरे ।

उनले भने, ‘मृतक १० जना नेपालीको शवलाई काठमाडौं ल्याउने र उद्धारको लागि आर्तनाध गरिरहेका धेरै नेपाली विद्यार्थी र इजरायलमा रहेका नेपालीहरुको एकिन गरी घाइते भएकालाई स्वास्थ्य उपचारको व्यवस्था गर्न र नेपाल फर्काउनको लागि सरकारले युद्धस्तरमा तत्कालै काम गरोस । विस्थापितमध्ये कति नेपाली परेका छन् त्यसको विवरण सरकारले संसदमा प्रस्तुत गरोस ।’

एमाले सांसद गोकुल बाँस्कोटाले उक्त घटनापछिको उद्धारमा सरकारको कुटनीतिक कमजोरी छाताछुल्ल भएको टिप्पणी गरे ।
उनले भने, ‘इजरायलसित नपालको दक्षिण एसियामै सबैभन्दा पुरानो सम्बन्ध हो । यसमा सरकारको कुटनीतिक कमजोरी छताछुल्ल ढंगले पोखिएको छ । प्रधानमन्त्री भिडियो कल र समवेदना दिने लोकप्रिय काम गर्दै हुनुहुन्छ । तर, त्यहाँका नेपाली जो संकटमा फसेका छन् तिनको चाहना तत्काल देशमा आउने छ । इजरायलले युद्धको घोषणा गरेको छ । त्यो कति समय चल्छ थाहा छैन त्यहाँका नेपालीलाई तत्काल नेपाल फर्काइयोस ।’

सांसद अन्जनि श्रेष्ठ, अनिशा नेपाली,अब्दुल खान,अमनलाल मोदी,अमरबहादुर रायमाझी,अमृतराज राजवंशी, अर्जुन नरसिंह केसी,आस्म कुमारी चौधरी, जनार्दन शर्मा,असिम साह,अमरेश सिंह लगायतका अधिकांश सांसदले इजरायल घटनाका पीडितलाई छिटोभन्दा छिटो उद्धार गर्न माग गरेका हुन् । सांसदहरुको एउटै स्वर इजरायलमा उद्धारका लागि आर्तनाद गरिरहेका नेपालीको युद्धस्तरमा उद्दार गरियोस्


प्रकाशित मिति : २०८०, २२ आश्विन सोमबार  ५ : ३४ बजे

प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी

चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री

भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी

काठमाडौं । भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या

आज कोसी, बागमती, गण्डकी र लुम्बिनीमा भारी वर्षाको सम्भावना

काठमाडौं । जल तथा मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर