२०८२, २८ फाल्गुन शुक्रबार

हुम्लामा जिप दुर्घटना : नौ जना गम्भिर घाइते उद्धारका लागि वायुसेवा निगमको जहाज हुम्ला पठाइयो

हुम्लामा जिप दुर्घटना : नौ जना गम्भिर घाइते उद्धारका लागि वायुसेवा निगमको जहाज हुम्ला पठाइयो


काठमाडौं । हुम्लामा भएको दुःखद जिप दुर्घटनाबाट गम्भिर घाइतेहरुको उद्धारका लागि वायुसेवा निगमको जहाज हुम्ला पठाइएको छ ।
सोमबार समाजिक संञ्जाल मार्फत संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री सुदन किरातीले हुम्लामा भएको दुःखद जिप दुर्घटनाबाट नौ जना गम्भिर घाइते भएको उनिहरुको उद्धार गर्न वायुसेवा निगमको जहाज हुम्ला पठाइएको जानकारी दिए ।
उनले लेखेका छन्,‘ हिजो हुम्लामा भएको दुःखद जिप दुर्घटनाबाट नौ जना गम्भिर घाइतेहरुलाई उद्धार गर्न वायुसेवा निगमको जहाज हुम्ला पठाइएको छ । बिरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना । अन्य क्षेत्रमा उडान प्रभावित हुन गइ असुविधा पर्न गएमा क्षमाप्रार्थी छौँ । मानवीयताको नाताले माफी दिनु हुन्छ भन्ने पूर्ण विश्वास छ ।’
बिरामीहरुको शिघ्र स्वास्थ्य लाभको कामना गर्दै,अन्य क्षेत्रमा उडान प्रभावित हुन गइ असुविधा पर्न गएमा क्षमाप्रार्थी रहेको उनको भनाई छ ।
हिजो सिमकोट गाउँपालिका –५, ग्वाले ढुस्कामा सिमकोटबाट ठेहेतर्फ जाँदै गरेको बोलेरो जिप दुर्घटना भएको थियो ।

प्रकाशित मिति : २०८०, २२ आश्विन सोमबार  ९ : ४८ बजे

सूर्यविनायक नगरपालिकाद्धारा प्रहरीलाई गाडी हस्तान्तरण

भक्तपुर, २८ फागुन : सूर्यविनायक नगरपालिकाले प्रहरी बृत्त जगातीका लागि

‘अवैध सैन्य कारबाहीले क्षेत्रीय शान्ति भंग’ भन्दै इरानको नयाँ नेतृत्व चयनको अधिकारको समर्थन

काठमाडौं । उत्तर कोरियाले इरानमा अमेरिका र इसराइलले गरेको आक्रमणको

पुटिन-पेजेश्कियान टेलिफोन वार्ता : मध्यपूर्वको युद्ध र क्षेत्रीय तनावबारे छलफल

काठमाडौं । भ्लादिमिर पुटिन र मसुद पेजेश्कियानबीच टेलिफोन वार्ता भएको

समानुपातिकतर्फ १ करोड ७ लाख मत गणना, कसले कति सिट पाउँछन् ?

काठमाडौं । प्रतिनिधिसभा निर्वाचनअन्तर्गत समानुपातिकतर्फको मतगणना अन्तिम चरणमा पुगेको छ।

बन्दुकसँग फोटो खिच्दा भयावह दुर्घटना, डडेल्धुरामा किशोरको मृत्यु

डडेल्धुरा । बन्दुक समातेर फोटो खिच्ने क्रममा बन्दुक पड्किँदा डडेल्धुरामा