२०८२, १८ असार बुधबार

देशमा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास भइरहेको छ : ओली

देशमा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास भइरहेको छ : ओली


काठमाडौं । नेकपा एमाले अध्यक्ष केपी शर्मा ओलीले देशमा साम्प्रदायिक विद्वेष फैलाउने प्रयास भइरहेको बताएका छन् ।

मोरङको विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै ओलीले पछिल्लो समय साम्प्रदायिक विद्वेष फैलाउने र गलत मनसायले त्यसमा खेल्ने प्रयास भइरहेको बताएका हुन् ।

‘केही नभई आफैं–आफैं घरबाट निस्किएर त कोही झगडा गर्दैन, कसैले उचाल्द्या हुन्छ,’ ओलीले भने, ‘शान्ति खलबल्याउने कुरो असल मनसायले त हुँदैहुँदैन ।’ यस्ता गतिविधि देश, जनता र स्थानीय समुदाय कसैको हितमा नभएको उनले बताए ।

‘साम्प्रदायिक विद्वेष भड्काउने कुरो कुनै पनि हिसाबले गलत मनसायका साथ नै हुने गर्छ । र, यो देशका लागि, जनताका लागि, स्थानीय समुदायका लागि, कसैका लागि पनि, कुनै हिसाबले पनि हितकर होइन,’ एमाले अध्यक्ष ओलीले भने ।

उनले थप भने, ‘यो धेरै नराम्रो लक्षण हो, यसमा खेल्न खोजेका छन् मान्छेहरुले । आफ्ना अभिष्ट पूरा गर्न खोज्या छ । गलत अभिष्ट पूरा गर्न खोज्या छ । तर म के विश्वास गर्छु भने, नेपाली जनता त्यस्तो नराम्रो कुरातिर लाग्दैन ।’

हामीहरु विविधतायुक्त समाजमा रहेको बताउँदै उनले त्यसमा खेल्न खोज्नु दुःखको कुरा भएको बताए । ‘विविधता भनेको हाम्रो राष्ट्रिय पहिचान पनि हो एक खालको र यो हाम्रो सम्पदा पनि हो, सम्पन्नता पनि हो,’ ओलीले भने, ‘त्यसलाई त्यसैरुपमा प्रयोग गर्न सक्ने र एकताबद्ध बनाएर लान सक्ने भएन भने त्यो दुःखको कुरा हो, हाम्रो यथार्थ भन्दा परको कुरा हो ।’

प्रदेशमा मिलेर अघि बढ्न सुझाव

एमाले अध्यक्ष ओलीले कोशी प्रदेशमा मध्यवाधिको संकट टार्नका लागि मिलेर जान दलहरुलाई आग्रहसमेत गरे ।

संविधानको धारा १६८ को ९३० अनुसार बनेको एमाले नेतृत्वको वर्तमान सरकारले विश्वासको मत नपाए उपधारा ९५० मा जाँदा अनिश्चिततातिर जाने जोखिम हुने उनले बताए । ओलीले भने, ‘त्यहाँ एउटा खुड्किला मात्रै रहन्छ त्यहाँबाट चिप्लियो भने मध्यावधि चुनावको विकल्प रहँदैन ।’ मध्यावधिमा गए एमालेबाहेक अरू दलको सिट घट्ने उनको दाबी छ ।

कोशी प्रदेशमा एमालेबाट हिक्मतकुमार कार्की मुख्यमन्त्री छन् । उनले २० असोजमा विश्वासको मत लिने तयारी गरेका छन् । तर अहिलेकै अवस्था हेर्दा उनले विश्वासको मत पाउने सम्भावना छैन ।

प्रकाशित मिति : २०८०, १७ आश्विन बुधबार  २ : ०९ बजे

सरकारको आलेचना गर्नेले आफु सरकारमा बस्दा के गरियो भन्ने कुरा बिर्सिनु हुँदैनः प्रकाशमान सिंह

काठमाडौं । कार्यवाहक प्रधानमन्त्री एवम् शहरी विकास मन्त्री प्रकाशमान सिंहले

प्रधानमन्त्री ओलीले गरे अल्पविकसित मुलुकहरूको उच्चस्तरीय बैठकको अध्यक्षता

काठमाडौं । स्पेन भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीले विकासको

पेट्रोलियम पदार्थको मूल्य बढ्यो

काठमाडौं । नेपाल आयल निगमले गएराति १२ बजेदेखि लागु हुनेगरी

चीनसँग भविष्यमा ऊर्जा क्षेत्रमा थप सहकार्य हुन्छ : ऊर्जामन्त्री खड्का

काठमाडौं । चीन भ्रमणबाट फर्किएपछि उर्जा जलस्रोत तथा सिंचाई मन्त्री

भारतसँग स्वास्थ्य सहकार्य गर्न मन्त्री पौडेलको तयारी

काठमाडौं । भारतसँग स्वास्थ्य क्षेत्रमा सहकार्यका लागि स्वास्थ्य तथा जनसंख्या