२०८२, १७ पुस बिहीबार

नेपालगञ्जमा मंगलबारदेखिको अनिश्चितकालीन कर्फ्यु आज पनि कायमै

नेपालगञ्जमा मंगलबारदेखिको अनिश्चितकालीन कर्फ्यु आज पनि कायमै


नेपालगञ्ज । नेपालगञ्जमा जारी गरिएको अनिश्चितकालीन कर्फ्यु आज पनि कायमै रहेको छ । अनिश्चितकालीन कर्फ्युका कारण नेपालगञ्जको अवस्था सामान्य बन्दै गएको छ । कर्फ्युका कारण मानिस अत्यावश्यक काम बाहेक घर बाहिर निस्किएका छैनन् । धार्मिक हिंसा बढ्न सक्ने जोखिम बढ्दै गएपछि नेपालगन्जमा मंगलबार दिउँसो १ बजेदेखि स्थानीय प्रशासनले नेपालगञ्जमा कर्फ्यु लगाएको थियो ।

मंगलबारको झडपमा तीन सुरक्षाकर्मी र १३ जना घाइते भएको जिल्ला प्रशासन कार्यालय बाँकेले जनाएको छ । घाइतेहरुको स्थानीय अस्पतालमा उपचार भइरहेको छ । जिल्ला प्रशासन कार्यालयका अधिकृत विष्णु साहनीले सम्पूर्ण राजनीतिक दल, नागरिक समाजलगायत व्यक्तिबाट सामाजिक सद्भाव र शान्ति कायम गर्न अहम भूमिकाको अपेक्षा गर्दै सामाजिक सद्भाव बिग्रने गरी भ्रामक सन्देश प्रवाह नर्गन अनुरोध गरेका छन् ।

नेपालगञ्जमा एक युवाको फेसबुक स्टाटसको विषयलाई लिएर विवाद बढ्दै गएपछि हिन्दु र मुस्लिम युवाबीच विवाद उत्पन्न भएको थियो । अवस्था तनावपूर्ण बन्दै गएपछि मंगलबार दिउँसोदेखि नेपालगञ्ज उप–महानगरपालिका क्षेत्रमा जिल्ला प्रशासन कार्यालय बाँकेले नगरक्षेत्रभित्र अनिश्चितकालीन कर्फ्यु लगाएको छ ।

नेपालगञ्जमा केही दिनयता हिन्दु र मुस्लिम समुदायबीच आपसी सद्भाव बिग्रँदै गएको थियो । सामाजिक सञ्जालमा एक हिन्दु युवाको नाममा रहेको फेसबुक आइडीबाट मुस्लिम समुदायलाई लक्षित गरेर लेखिएको स्टाटसको विषयलाई लिएर विवाद उत्पन्न भएको थियो । गत आइतबार एक युवकले लेखेको स्टाटसले आफ्नो धर्म र समुदायलाई लक्षित गरेर अपमानजनक शब्द प्रयोग गरेको भन्दै मुस्लिम युवाले कारबाहीको माग राख्दै बिरोध प्रदर्शन गरेका थिए ।

जिल्ला प्रशासनमा गएर उनीहरुले उक्त स्टाटस लेख्ने युवालाई कारबाहीको काम गर्दै नगर क्षेत्रमा केही घण्टा बिरोध प्रदर्शन गरेका थिए । अवस्था बिग्रँदै गएपछि बाँकेमा शान्ति र सद्भाव कायम राख्न सबै धर्मका अगुवाहरुको बैठकले मंगलबार सद्भाव र्‍याली निकाल्ने निर्णय गरेको थियो । जसअनुसार मंगलबार बिहानै सबै धर्मका अगुवा, जिल्ला प्रशासन कार्यालयका प्रमुख विपीन आर्चाय, नेपालगञ्ज उप–महानगरपालिकाका मेयर प्रशान्त विष्टलगायत विभिन्न दलका नेताहरुको अगुवाइमा सद्भाव र्‍याली समेत गरिएको थियो ।

मंगलबार ओमकार परिवार हिन्दु समाजले नेपालगञ्ज नगरमा बन्दको आह्वान गर्दै बिरोध प्रर्दशन गरेको थियो । बिरोध प्रदर्शनका क्रममा हिन्दु युवालाई घरको छतबाट ढुंगा हानेपछि तनाव उत्पन्न भएको थियो । त्यसपछि बिरोधमा उत्रिएका युवाले सार्वजनिक सम्पक्ति तोडफोड, नगरका केही पसल र घरमा तोडफोड गरेका थिए । तोडफोडका क्रममा केही मोटरसाइकलमा आगजनी समेत भएको छ ।

जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख विपीन आर्चायले एक विज्ञप्ति जारी गर्दै नेपालगञ्ज नगरसँग जोडिएको पूर्वमा राप्ती नदी पुल, पश्चिममा खजुरा रोड इन्द्रपुर जाने बाटो, उत्तरमा राझा चोक र दक्षिणमा जमुनाहा नाका क्षेत्रमा कर्फ्यु लगाएको जानकारी गराएका छन् । उक्त स्थानमा स्थानीय प्रशासनले कुनै पनि भेला, सभा समारोह, जुलुस, र्‍याली, हुलहुज्जत र अत्यावश्यक काममा बाहेक हिँडडुलमा रोक लगाएको छ ।

प्रकाशित मिति : २०८०, १७ आश्विन बुधबार  ९ : ५३ बजे

कांग्रेस विशेष महाधिवेशनका लागि भृकुटीमण्डप हल बुकिङ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा

सुनसरी गोली काण्ड: ५ बुँदे सहमति, छानबिन समिति गठन

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर

प्रधानमन्त्री कार्कीद्वारा दुर्गा प्रसाईँसँग सिंहदरबारमा वार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

आजदेखि अंग्रेजी नयाँ वर्ष, इस्वी संवत् २०२६ सुरु : संसारभर कार्यक्रम हुँदै

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् इस्वी

अध्यक्ष-उपाध्यक्षको विवादले ग्रामथान गाउँपालिकामा आज पनि तनाव

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको कार्यालय परिसरमा आज पनि तनावपूर्ण