२०८२, १७ पुस बिहीबार

गठबन्धन सरकार अनुत्तरदायी र गैरजिम्मेवार भयो : ओली

गठबन्धन सरकार अनुत्तरदायी र गैरजिम्मेवार भयो : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार अनुत्तरदायी र गैरजिम्मेवार भएको आराेप लगाउनुभएकाे छ । 

आजकाे प्रतिनिधि सभा बैठकमा अध्यक्ष ओलीले वर्तमान सरकार स्वेच्छाचारी, विकास विरोधी रहेको उल्लेख गर्नुभयो । उहाँले अहिले विकासका कामलाई ठप्प पारिएको र काम शुरु गरिसकेका आयोजनालाई भुक्तानी नदिएको भन्दै भुक्तानी नदिएर भयावह स्थितिको सिर्जना भएको दाबी गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस नेतृत्वको गठबन्धन, त्यसपछि अहिलेको नेकपा (माओवादी केन्द्र) को नेतृत्वको गठबन्धन कस्ता देखिएका छन्, हामी सबैलाई थाहा छ । भन्न मिल्नु, नमिल्नु, सक्नु, नसक्नु, बेग्लै कुरा हो । याे सरकार चरम अनुत्तरदायी, गैरजिम्मेवार छ । स्वेच्छाचारी देखिएका छन्, विकास विरोधी देखिएका छन् । विकासका कामलाई ठप्प पारेका छन् । चलिरहेका आयोजनाहरू रोकिएका छन् । काम शुरु गरिसकेका आयोजनालाई भुक्तानी दिइएको छैन ।’

अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) नेतृत्वको गठबन्धनले कुनै राम्रो काम गर्न नसकेको बताउनुभयो । उहाँले संविधान दिवसको अवसर पारेर कैदीलाई दिइएको आममाफीको पनि विरोध गर्नुभएकाे छ । कानुन नमान्ने भए अपराधीका लागि कानुनमा यति सजाय भनेर किन तोक्नुपर्छ भन्दै ओलीले प्रश्न गर्नुभयो ।

प्रकाशित मिति : २०८०, १६ आश्विन मंगलबार  ४ : ५४ बजे

कांग्रेस विशेष महाधिवेशनका लागि भृकुटीमण्डप हल बुकिङ

काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापा र विश्वप्रकाश शर्मा

सुनसरी गोली काण्ड: ५ बुँदे सहमति, छानबिन समिति गठन

विराटनगर । सुनसरीको कोशी गाउँपालिका–१ मा सशस्त्र प्रहरीको गोली लागेर

प्रधानमन्त्री कार्कीद्वारा दुर्गा प्रसाईँसँग सिंहदरबारमा वार्ता

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की ले राष्ट्र, राष्ट्रियता, धर्म, संस्कृति

आजदेखि अंग्रेजी नयाँ वर्ष, इस्वी संवत् २०२६ सुरु : संसारभर कार्यक्रम हुँदै

काठमाडौं । ग्रेगोरियन पात्रोअनुसार आजदेखि अंग्रेजी नयाँ वर्ष अर्थात् इस्वी

अध्यक्ष-उपाध्यक्षको विवादले ग्रामथान गाउँपालिकामा आज पनि तनाव

विराटनगर । मोरङको ग्रामथान गाउँपालिकाको कार्यालय परिसरमा आज पनि तनावपूर्ण