२०८२, २० चैत्र शनिबार

गठबन्धन सरकार अनुत्तरदायी र गैरजिम्मेवार भयो : ओली

गठबन्धन सरकार अनुत्तरदायी र गैरजिम्मेवार भयो : ओली


काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले गठबन्धन सरकार अनुत्तरदायी र गैरजिम्मेवार भएको आराेप लगाउनुभएकाे छ । 

आजकाे प्रतिनिधि सभा बैठकमा अध्यक्ष ओलीले वर्तमान सरकार स्वेच्छाचारी, विकास विरोधी रहेको उल्लेख गर्नुभयो । उहाँले अहिले विकासका कामलाई ठप्प पारिएको र काम शुरु गरिसकेका आयोजनालाई भुक्तानी नदिएको भन्दै भुक्तानी नदिएर भयावह स्थितिको सिर्जना भएको दाबी गर्नुभयाे ।

उहाँले भन्नुभयो, ‘नेपाली कांग्रेस नेतृत्वको गठबन्धन, त्यसपछि अहिलेको नेकपा (माओवादी केन्द्र) को नेतृत्वको गठबन्धन कस्ता देखिएका छन्, हामी सबैलाई थाहा छ । भन्न मिल्नु, नमिल्नु, सक्नु, नसक्नु, बेग्लै कुरा हो । याे सरकार चरम अनुत्तरदायी, गैरजिम्मेवार छ । स्वेच्छाचारी देखिएका छन्, विकास विरोधी देखिएका छन् । विकासका कामलाई ठप्प पारेका छन् । चलिरहेका आयोजनाहरू रोकिएका छन् । काम शुरु गरिसकेका आयोजनालाई भुक्तानी दिइएको छैन ।’

अध्यक्ष ओलीले नेकपा (माओवादी केन्द्र) नेतृत्वको गठबन्धनले कुनै राम्रो काम गर्न नसकेको बताउनुभयो । उहाँले संविधान दिवसको अवसर पारेर कैदीलाई दिइएको आममाफीको पनि विरोध गर्नुभएकाे छ । कानुन नमान्ने भए अपराधीका लागि कानुनमा यति सजाय भनेर किन तोक्नुपर्छ भन्दै ओलीले प्रश्न गर्नुभयो ।

प्रकाशित मिति : २०८०, १६ आश्विन मंगलबार  ४ : ५४ बजे

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक आकस्मिक रूपमा बस्न

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले