२०८२, २० चैत्र शनिबार

एमाले गण्डकी प्रदेश अधिवेशन बन्दसत्र जारी, ८ समुह बनाई प्रतिवेदनमाथि छलफल शुरु

एमाले गण्डकी प्रदेश अधिवेशन बन्दसत्र जारी, ८ समुह बनाई प्रतिवेदनमाथि छलफल शुरु


काठमाडौँ । नेकपा एमाले गण्डकी प्रदेशको प्रथम अधिवेशन अन्तरगत बन्दसत्र जारी रहेको छ । बन्दसत्र पोखरा सभागृह हलमा जारी रहेको हो ।

बन्दसत्रमा अध्यक्ष नवराज शर्माले राजनीतिक प्रतिवेदन पेश गर्नुभएको छ । प्रतिवेदनमाथि छलफल गर्न अधिवेशन प्रतिनिधिलाई ८ समुहमा विभाजन गरिएको छ । प्रतिवेदनमाथि छलफल गरेर आजै पारित गर्ने कार्यसूची रहेको एमाले गण्डकीका प्रचार विभाग प्रमुख रश्मि आचार्यले जानकारी दिनुभयो । प्रतिवेदन पारित भएपछि आजैदेखि निर्वाचन प्रक्रिया सुरु गर्ने तयारी गरिएको बताइएको छ ।

अधिवेशनले १ सय ६५ सदस्यको प्रदेश कार्यसमिति चयन गर्नेछ । एमाले गण्डकीको अध्यक्षका लागि हालका अध्यक्ष नवराज शर्मा र केन्द्रीय सदस्य मायानाथ अधिकारीबीच प्रतिस्पर्धा हुने बताइएको छ । अधिवेशनमा गण्डकी प्रदेशका ११ जिल्ला र जनसंगठन समेत गरेर ९ सय ८ जना प्रतिनिधि सहभागी हुनुभएको छ ।

प्रकाशित मिति : २०८०, १६ आश्विन मंगलबार  ९ : ५६ बजे

एमालेको निष्कर्ष: बादलको अभिव्यक्ति त्रुटिपूर्ण

काठमाडौं । नेकपा एमालेले संसदीय दलका नेता रामबहादुर थापा ‘बादल’को

इरानको क्षेप्यास्त्र क्षमता यथावत, युद्ध रणनीतिमा दबाबमा अमेरिका

काठमाडौं। अमेरिकी गुप्तचर निकायले इरानको शक्तिशाली क्षेप्यास्त्र प्रणाली अझै कायम

सभामुख पदको लागि आज मनोनयन दर्ता प्रक्रिया सुरु

काठमाडौं । प्रतिनिधिसभाको सभामुख निर्वाचन प्रक्रिया आजदेखि सुरु भएको छ।

एमाले सचिवालयको आकस्मिक बैठक बस्दै

काठमाडौं । आज नेकपा एमालेको सचिवालय बैठक आकस्मिक रूपमा बस्न

राष्ट्रिय खेलकुद परिषद्का उपाध्यक्ष ध्रुव आचार्यद्वारा राजीनामा

काठमाडौं । राष्ट्रिय खेलकुद परिषद् राखेप का उपाध्यक्ष ध्रुव आचार्यले