२०८१, २६ फाल्गुन सोमबार

एमाले कर्णालीको अध्यक्षमा गुलावजंग शाह र सचिवमा ध्रुव शाही बिजयी,कसले कति मत पाए ? (सूचीसहित)

एमाले कर्णालीको अध्यक्षमा गुलावजंग शाह र सचिवमा ध्रुव शाही बिजयी,कसले कति मत पाए ? (सूचीसहित)


सुर्खेत । नेकपा एमाले कर्णाली प्रदेशको अध्यक्षमा गुलावजंग शाह बिजयी हुनुभएको छ । ५ सय मत गणना गर्दा शाहले ३ सय ६९ मत प्राप्त गरी शाह अध्यक्षमा निर्वाचित हुनुभएको हो ।

कर्णाली प्रदेशमा भएको निर्वाचनमा कुल ६ सय ९ मत खसेको थियो । शाहका प्रतिस्पर्धी मीनबहादुर शाहीले २ सय ७ मत पाउनु भएको छ भने अर्का उम्मेदवार प्रकाश रोकायाले ४ मत पाउनु भएको छ । यस्तै उपाध्यक्षमा शाह प्यानलकै टेकराज पर्छाईले ३ सय ४२ मत ल्याएर विजयी हुनु भएको छ ।

सचिवमा ध्रुवकुमार शाहीले ४ सय ६ मत प्राप्त गरी बिजयी हुनुभएको छ । उहाँका प्रतिस्पर्धी रुद्रबहादुर शाहीले १ सय ६९ मत पाउनु भएको थियो । यस्तै उपसचिवमा रबिन्द्रराज शर्माले ३ सय मत ल्याएर विजयी हुनुभएको छ । प्रतिस्पर्धी रेशम कुमार शाही २६६, ल्याएका थिए ।

जम्मा खसेको मत- ६०४
सदर मत – ५८०
बदर – २४

अध्यक्ष

गुलाबजंग शाह – ३६९
मीन वहादुर शाही – २०७
प्रकाश रोकाय – ४

उपाध्यक्ष

टेकराज पछाई – ३४२
लाल बहादुर महतारा – १७६
दानसिंह परिवार- ५९

सचिव

ध्रुव बहादुर शाही – ४०६
रूद्र बहादुर शाही – १६९

उपसचिव

रविन्द्र राज शर्मा – ३००
रमेश कुमार शाही – २६६
पद्मा  खड्का- १५१
मेनका पछाई- ९६
तेज कुमार बि क -७७
उज्जन बहादुर शाह- ५६
धिरेन्द्र गिरी -५२
नारायण बहादुर शाह -३४

 बखत बहादुर भण्डारी – ३४

प्रकाशित मिति : २०८०, १५ आश्विन सोमबार  ८ : ५४ बजे

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस

प्रचण्डको अभिव्यक्तिमा एमालेको आपत्ति

काठमाडौं । नेकपा एमालेका प्रमुख सचेतक महेश बर्तौँलाले नेकपा माओवादी

हामीले क्रान्तिका कुरा गर्यौं तर हुलाक सेवालाई परिवर्तन गर्न सकेनौं’

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुव्वा गुरुङले राजनीतिक

सशस्त्र प्रहरीको विपद् प्रतिकार्यका लागि ५३ औं टोली तयार

सप्तरी । विपद् व्यवस्थापन कार्यमा खटिँदै आएको सशस्त्र प्रहरी बल,