२०८२, १९ मंसिर शुक्रबार

दिपेन्द्र घिसिङले सरकारबाट सहयोग नपाएपछि पाइलट पढ्न ‘एक रुपैयाँ संकलन अभियान’

दिपेन्द्र घिसिङले सरकारबाट सहयोग नपाएपछि पाइलट पढ्न ‘एक रुपैयाँ संकलन अभियान’


काठमाडौं । शनिबार काठमाडौंमा आयोजित पत्रकार सम्मेलनमा उनले अभियान सुरु भएको जानकारी गराएका हुन् ।

दोलखाको बैतेश्वर गाउँपालिका स्थायी ठेगाना भएका दिपेन्द्र अभिाभावकविहीन छन् । सानै उमेरदेखि पाइलट बन्ने सपनाले मेहनतका साथ पढेपनि प्लस टू पछिको अध्ययन पैसा अभावले रोकिने अवस्था आएको उनले बताए ।

आफ्नो समस्या लिएर स्थानीय सरकार, प्रदेश सरकार र केन्द्रमा पहल गरेपनि कतैबाट सुनुवाइ नभएको उनको गुनासो छ ।

एमबीबीएस पढ्ने विद्यार्थीले स्थानीयदेखि संघीय सरकारसम्मको सहयोग पाउने व्यवस्था भएपनि पाइलट पढ्न चाहने विद्यार्थीलाई कसैले सहयोग गर्न नचाहेको दिपेन्द्रले बताए । त्यही कारण एक रुपैयाँ अभियान सञ्चालन गरेर भएपनि पाइलट पढिछाड्ने अठोट उनको छ ।

‘मेरो बाल्यकालदेखिको सपना भनेको पाइलट बन्ने थियो । मैले एमाले, कांग्रेस र नयाँ दल भनिने राष्ट्रिय स्वतन्त्र पार्टीका नेताहरुसँग पनि भेटे । नेताहरुले आश्वासनमात्रै दिए’ उनले भने ।

गुनासो लिएर अर्थमन्त्रालय, शिक्षा मन्त्रालय, पर्यटन मन्त्रालयसम्म धाउँदा पनि सहयोग नपाएपछि एक रुपैयाँ संकलन अभियान सुरु गर्न परेको बताए । उनले प्रदेश सरकारमा गुनासो सुनाउँदा विदेश जाने सल्लाह दिएको समेत बताए ।

‘एक रुपैयाँ अभियान चलाउनु मेरो रहर होइन । मेरो रहर भनेको पाइलट बन्नु हो । पाइलट किन भन्दाखेरी मलाई धेरैले तिमीजस्तो गरिब मान्छेले यस्तो सपना बोक्नु गलत हो भनेर भने तर मेरो मनमा गरिब विद्यार्थीले पाइलट बन्न नसक्ने हो ? भन्ने लाग्यो’ उनले भने, ‘यो अभियानबाट पनि पाइलट बन्छु भन्ने लागेको छ । यो अभियानबाट भोलिका दिनमा पढ्न चाहेर पनि पैसा नभएकालाई सहयोग हुनेछ ।’

एक रुपैयाँ अभियानमा सहभागी हुन चाहनेहरुका लागि चाँडै सहयोगको माध्यम सार्वजनिक गर्ने उनले बताए । पाइलट पढ्नका लागि करिब ८० लाख रुपैयाँ लाग्ने उनको भनाई छ । पाइलट पढिसकेर सेवामा आएपछि आफूले सहयोग पाए बराबरको रकम सामाजिक सेवामा खर्चने उनले प्रतिवद्धता जनाए ।

प्रकाशित मिति : २०८०, १३ आश्विन शनिबार  २ : ३९ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको