२०८२, २४ भाद्र मंगलबार

बाँकेको बालसुधार गृहमा झडप स् एक जनाको ज्यान गयो, १० जना घाइते

बाँकेको बालसुधार गृहमा झडप स् एक जनाको ज्यान गयो, १० जना घाइते


काठमाडौं । बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा झडप हुँदा एक जनाको ज्यान गएको छ ।

जयन्दु बाल सुधार गृहमा गएराति झडप हुँदा कपिलवस्तुका सुलभ केसीको ज्यान गएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिनुभयो ।

झडपमा गम्भीर घाइते भएका केसीको उपचारका क्रममा नेपालगञ्ज शिक्षण अस्पतालमा ज्यान गएको हो ।

यस्तै, झडपमा घाइते भएका अन्य १० जनाको अहिले नेपालगञ्ज शिक्षण अस्पतालमै उपचार भइरहेको छ । प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार बाल सुधार गृहमा १८ वर्षभन्दा माथिका किशोरहरुलाई पनि राखिएको थियो ।

कुल २ सय ५४ जना रहेकामा १८ वर्षभन्दा माथिका एक सय ६ जनालाई त्यहाँ राखिएको पाइएको छ । झडपको कारण खुलेको छैन । तर, उमेर बढी र कम भएकाहरुबीच विवाद भएको हुन सक्ने अनुमान छ ।

यसअघि गएको भदौ ४ गते भक्तपुरको सानोठिमीमा र २६ गते वीरगञ्जको बाल सुधार गृहमा पनि झडप भएको थियो । सानो ठिमीको बाल सुधार गृहमा तोडफोड भएपछि त्यहाँ रहेका १८ जनालाई वीरगञ्ज लगिएको थियो ।

प्रकाशित मिति : २०८०, ५ आश्विन शुक्रबार  ११ : १८ बजे

प्रधानसेनापतिले राष्ट्रको नाममा सम्बोधन गर्दै

काठमाडौं । प्रधानसेनापति अशोकराज सिग्देलले राष्ट्रको नाममा सम्बोधन गर्ने भएका

अख्तियारको केन्द्रीय कार्यालयमा आगजनी

काठमाडौं । सामाजिक सञ्जाल प्रतिबन्ध र व्यापक बेथितीको विरोधमा उत्रिएका

प्रधानमन्त्रीको राजीनापछि सुरक्षा निकायको संयम अपिल

काठमाडौं । प्रधानमन्त्रीको राजीनामा स्वीकृत भएपछि देशभर चर्किएको आन्दोलन नियन्त्रणमा

विशेष अदालतमा आगजनी, प्रदर्शन चर्किंदै

काठमाडौं । राजधानीको विशेष अदालत परिसरमा आज बिहान अज्ञात समूहद्वारा

आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री ओलीले दिए राजीनामा

काठमाडौं । मुलुकभर चर्किएको आन्दोलन नियन्त्रणबाहिर गएपछि प्रधानमन्त्री केपी शर्मा