२०८२, २ चैत्र मंगलबार

बाँकेको बालसुधार गृहमा झडप स् एक जनाको ज्यान गयो, १० जना घाइते

बाँकेको बालसुधार गृहमा झडप स् एक जनाको ज्यान गयो, १० जना घाइते


काठमाडौं । बाँकेको डुडुवा गाउँपालिकामा रहेको बालसुधार गृहमा झडप हुँदा एक जनाको ज्यान गएको छ ।

जयन्दु बाल सुधार गृहमा गएराति झडप हुँदा कपिलवस्तुका सुलभ केसीको ज्यान गएको बाँकेका प्रमुख जिल्ला अधिकारी विपीन आचार्यले जानकारी दिनुभयो ।

झडपमा गम्भीर घाइते भएका केसीको उपचारका क्रममा नेपालगञ्ज शिक्षण अस्पतालमा ज्यान गएको हो ।

यस्तै, झडपमा घाइते भएका अन्य १० जनाको अहिले नेपालगञ्ज शिक्षण अस्पतालमै उपचार भइरहेको छ । प्रमुख जिल्ला अधिकारी आचार्यका अनुसार बाल सुधार गृहमा १८ वर्षभन्दा माथिका किशोरहरुलाई पनि राखिएको थियो ।

कुल २ सय ५४ जना रहेकामा १८ वर्षभन्दा माथिका एक सय ६ जनालाई त्यहाँ राखिएको पाइएको छ । झडपको कारण खुलेको छैन । तर, उमेर बढी र कम भएकाहरुबीच विवाद भएको हुन सक्ने अनुमान छ ।

यसअघि गएको भदौ ४ गते भक्तपुरको सानोठिमीमा र २६ गते वीरगञ्जको बाल सुधार गृहमा पनि झडप भएको थियो । सानो ठिमीको बाल सुधार गृहमा तोडफोड भएपछि त्यहाँ रहेका १८ जनालाई वीरगञ्ज लगिएको थियो ।

प्रकाशित मिति : २०८०, ५ आश्विन शुक्रबार  ११ : १८ बजे

रास्वपाले सुरु गर्यो नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूको लागि

उदयपुर कटारीमा हावाहुरीले २ जनाको मृत्यु, ५ जना घाइते

उदयपुर । आइतबार साँझ आएको हावाहुरीमा उदयपुरको कटारीमा २ जनाको

विदेशमा रहेका नेपाली श्रमिकको श्रम स्वीकृति नवीकरण प्रक्रिया नरोक्न प्रवासी नेपाली मञ्चको आग्रह

काठमाडौँ । प्रवासी नेपाली मञ्च, अन्तर्राष्ट्रिय कमिटीले वैदेशिक रोजगारीमा रहेका

अफगानिस्तानको काबुलमा पाकिस्तानको हवाइ आक्रमण: कम्तीमा ४ सयको मृत्यु

काठमाडौँ। अफगान अधिकारीहरूले काबुलस्थित लागुऔषध प्रयोगकर्ताको लागि बनाइएको ओमर एडिक्सन

कोशी, बागमती र गण्डकी प्रदेशमा चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालमा पश्चिमी न्यूनचापीय प्रणालीको प्रभाव कायम रहेको