२०८३, ७ भाद्र सोमबार

रास्वपाले सुरु गर्यो नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण

रास्वपाले सुरु गर्यो नवनिर्वाचित सांसदहरूको अभिमुखीकरण


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले नवनिर्वाचित सांसदहरूको लागि दुई दिनसम्मको अभिमुखीकरण कार्यक्रम सुरु गरेको छ। ललितपुरको एक होटलमा सुरु भएको कार्यक्रममा सांसदहरूले संसदीय अभ्यास, विधायिकी प्रक्रिया, नीति निर्माण, बजेट र कानुन निर्माण प्रक्रियाबारे प्रशिक्षण लिँदै छन्।

रास्वपा उपसभापति डा. स्वर्णिम वाग्ले ले पार्टी प्रतिबद्धता र सांसदको भूमिकाबारे प्रशिक्षण दिएका छन्। कार्यक्रममा नेपाल सरकारका पूर्वसचिव सुरेश अधिकारी ले संसद् संरचना र सांसदको जिम्मेवारी, पूर्वकानुन सचिव तोयानाथ अधिकारी ले कानुन निर्माण प्रक्रियामा सांसदको भूमिका, आईटी विशेषज्ञ डा. दोभान राई ले कृत्रिम बुद्धिमत्ता र लोकतन्त्रमा यसको प्रभाव, र पूर्वसचिव डा. तोयानारायण ज्ञवाली ले बजेट तथा सरकार सञ्चालन प्रक्रिया सम्बन्धी प्रशिक्षण दिएका छन्।

रास्वपाले प्रत्यक्ष चुनावबाट १२५ सिट जितेको छ भने समानुपातिमार्फत ५७ सांसद पाएको छ। कार्यक्रममा सांसदहरूले पार्टी नीतिगत प्राथमिकता, रणनीति र जनतासँग प्रभावकारी समन्वयका उपायबारे ज्ञान र साझा दृष्टिकोण विकास गर्ने अवसर पाएका छन्।

प्रकाशित मिति : २०८२, २ चैत्र मंगलबार  १ : १७ बजे

संसद्को रेकर्डबाट इन्दिरा राना र रामबहादुर थापाका शब्द हटाइए

काठमाडौं । प्रतिनिधिसभाको अभिलेखबाट सत्तारुढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद

कांग्रेस महाधिवेशन रोक्न देउवा–खड्का सर्वोच्चमा, छुट्टाछुट्टै रिट

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनलाई लिएर पार्टीभित्रको विवाद अदालत

सामाजिक सञ्जालले घरभित्रै दूरी बढायो’ : बालबालिकाका लागि सीमा तोक्न एमालेको माग

काठमाडौं । नेकपा एमालेले बालबालिकाको सामाजिक सञ्जाल प्रयोगलाई नियमन गर्न

कोशीमा कार्की सरकारलाई बलियो साथ, ५७ सांसदले दिए विश्वासको मत

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेशसभामा आफ्नो

लुम्बिनीमा फेरियो सत्ता समीकरणको तस्बिर, नेकपाबाट तीन मन्त्री थपिँदै

बुटवल । लुम्बिनी प्रदेश सरकारमा सत्ता साझेदारीको सहमतिले आकार लिन