२०८२, १९ मंसिर शुक्रबार

अमेरिका जानुअघि राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

अमेरिका जानुअघि राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता


काठमाडौं । अमेरिका हुँदै चीन भ्रमणमा निस्किनु अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । राष्ट्रपतिलाई भेट्न आज बिहान उनी शीतल निवास पुगेका हुन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणबारेमा जानकारी गराएका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् । भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ ।

प्रधानमन्त्री प्रचण्ड आज साँझ अमेरिका जाँदैछन् । संयुक्त राष्ट्र सङ्घीय महासभामाको ७८औँ सत्रमा सहभागी हुन उनी न्युयोर्क जान लागेका हुन् । प्रधानमन्त्री दाहालको भ्रमण टोलीमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव भरतराज पौड्याल, संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत छन् । परराष्ट्रमन्त्री साउदसहितका केही प्रतिनिधि यसअघि नै न्युयोर्क पुगिसकेका छन् ।

१९ सेप्टेम्बर ९२ असोज मा न्युयोर्कमा राष्ट्रसंघको महासभा सुरु हुँदैछ । २१ सेप्टेम्बर ९४ असोज० मा प्रचण्डले महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुटेरेसलगायत उच्च अधिकारीसँग भेटवार्ता पनि गर्नेछन् ।

प्रकाशित मिति : २०८०, ३० भाद्र शनिबार  ३ : २७ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको