२०८३, २० आश्विन बुधबार

अमेरिका जानुअघि राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता

अमेरिका जानुअघि राष्ट्रपति पौडेल र प्रधानमन्त्री प्रचण्डबीच भेटवार्ता


काठमाडौं । अमेरिका हुँदै चीन भ्रमणमा निस्किनु अगाडि प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले राष्ट्रपति रामचन्द्र पौडेलसँग भेटवार्ता गरेका छन् । राष्ट्रपतिलाई भेट्न आज बिहान उनी शीतल निवास पुगेका हुन् ।

भेटमा प्रधानमन्त्री प्रचण्डले अमेरिकाको न्यूयोर्कमा हुने आसन्न संयुक्त राष्ट्रसंघको महासभामा आफ्नो सहभागिता र चीन भ्रमणबारेमा जानकारी गराएका राष्ट्रपतिका प्रेस सल्लाहकार किरण पोखरेलले जानकारी दिएका छन् । भेटघाटमा समसामयिक विषयमा पनि छलफल भएको जनाइएको छ ।

प्रधानमन्त्री प्रचण्ड आज साँझ अमेरिका जाँदैछन् । संयुक्त राष्ट्र सङ्घीय महासभामाको ७८औँ सत्रमा सहभागी हुन उनी न्युयोर्क जान लागेका हुन् । प्रधानमन्त्री दाहालको भ्रमण टोलीमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव भरतराज पौड्याल, संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत छन् । परराष्ट्रमन्त्री साउदसहितका केही प्रतिनिधि यसअघि नै न्युयोर्क पुगिसकेका छन् ।

१९ सेप्टेम्बर ९२ असोज मा न्युयोर्कमा राष्ट्रसंघको महासभा सुरु हुँदैछ । २१ सेप्टेम्बर ९४ असोज० मा प्रचण्डले महासभालाई सम्बोधन गर्ने कार्यक्रम छ । प्रधानमन्त्री दाहालले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुटेरेसलगायत उच्च अधिकारीसँग भेटवार्ता पनि गर्नेछन् ।

प्रकाशित मिति : २०८०, ३० भाद्र शनिबार  ३ : २७ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको