२०८२, २ फाल्गुन शनिबार

संयुक्त राष्ट्र सङ्घीय महासभामाका लागि प्रधानमन्त्री ‘प्रचण्ड’ आज अमेरिका जाँदै

संयुक्त राष्ट्र सङ्घीय महासभामाका लागि प्रधानमन्त्री ‘प्रचण्ड’ आज अमेरिका जाँदै


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अमेरिका भ्रमणमा जाँदैछन् । संयुक्त राष्ट्र सङ्घीय महासभामाको ७८औं सत्रमा सहभागी हुन उनी न्युयोर्क जान लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव भरतराज पौड्याल, संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत छन् । परराष्ट्रमन्त्री साउदसहितका केही प्रतिनिधि यसअघि नै न्युयोर्क पुगिसकेका छन् ।

१९ सेप्टेम्बर २ असोजमा न्युयोर्कमा राष्ट्रसंघको महासभा सुरु हुँदैछ । २१ सेप्टेम्बर ४ असोज मा प्रचण्डले महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । महासभामा उनले सरकार प्रमुखको हैसियतमा सहभागी भई नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासन प्रणालीको अभ्यास र समुन्नत नेपालको निर्माणमा हाम्रो प्रयासका विषयलाई विश्व समुदायमाझ मुखरित गर्न पाउनुलाई महत्वपूर्ण अवसरका रूपमा लिएको बताएका छन् ।

प्रधानमन्त्री महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा अमेरिकी राष्ट्रपति जो बाइडेनले २ असोजमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुने कार्यक्रम छ । बाइडेनले प्रधानमन्त्रीसहितका प्रतिनिधिमण्डलसँग फोटो खिचाए पनि साइडलाइन वार्ताको कार्यक्रम नरहेको बताइएको छ । न्योयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यसम्बन्धी सम्मेलन तथा जलवायु महत्वाकांक्षा सम्मेलनमा भाग लिनेछन् । तीन वर्षपछि नेपालबाट महासभामा प्रधानमन्त्रीस्तरमा सहभागी हुन लागेको हो ।

प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुटेरेसलगायत उच्च अधिकारीसँग भेटवार्ता पनि गर्नेछन् । महासभामा मन्तव्य दिएको भोलिपल्ट ५ असोज ९२२ सेप्टेम्बरमा दिन उनी चीन प्रस्थान गर्नेछन् । चीन सरकारले उनलाई एसियाली खेलकुदको उद्घाटन कार्यक्रममा सहभागी हुन निम्ता गरेको हो । आगामी २३ सेप्टेम्बरदेखि चीनको हानझाओमा १९ औं एसियाड सुरु हुँदैछ, जसमा नेपाली खेलाडीहरू पनि प्रतिस्पर्धीका रूपमा देखिने छन् ।

प्रतियोगितामा सहभागी भएपछि प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली खच्याङलगायतसँग भेटवार्ता गर्ने बताइएको छ । भ्रमणका क्रममा उनले कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेको चीनको छोङछिङ महानगरपालिकामा रहेको छोङछिङ एकेडमी अफ एग्रिकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधि विकासका क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ । छोङछिङको भ्रमणपश्चात् नेपालसँग सिमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने र त्यहाँका उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गरी नेपाल फर्कने कार्यक्रम रहेको प्रधानमन्त्रीको भनाइ छ ।

प्रकाशित मिति : २०८०, ३० भाद्र शनिबार  १० : ५४ बजे

कोराबाटै मतदातासँगै छु, भन्छन् एमाले उम्मेदवार विनोद ढकाल

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्य पदका

एमालेले भन्यो-भ्रम नरहोस्, जेनजीका जायज मागको विरोध गरेका छैनौँ : मीनबहादुर शाही

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का आम निर्वाचन प्रचार

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड