२०८१, ४ चैत्र मंगलबार

संयुक्त राष्ट्र सङ्घीय महासभामाका लागि प्रधानमन्त्री ‘प्रचण्ड’ आज अमेरिका जाँदै

संयुक्त राष्ट्र सङ्घीय महासभामाका लागि प्रधानमन्त्री ‘प्रचण्ड’ आज अमेरिका जाँदै


काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ आज अमेरिका भ्रमणमा जाँदैछन् । संयुक्त राष्ट्र सङ्घीय महासभामाको ७८औं सत्रमा सहभागी हुन उनी न्युयोर्क जान लागेका हुन् ।

प्रधानमन्त्री प्रचण्डको भ्रमण टोलीमा उनकी छोरी गंगा दाहाल, परराष्ट्रमन्त्री एनपी साउद, परराष्ट्रसचिव भरतराज पौड्याल, संयुक्त राष्ट्रसंघका लागि स्थायी प्रतिनिधि लोकबहादुर थापालगायत छन् । परराष्ट्रमन्त्री साउदसहितका केही प्रतिनिधि यसअघि नै न्युयोर्क पुगिसकेका छन् ।

१९ सेप्टेम्बर २ असोजमा न्युयोर्कमा राष्ट्रसंघको महासभा सुरु हुँदैछ । २१ सेप्टेम्बर ४ असोज मा प्रचण्डले महासभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको सचिवालयले जानकारी दिएको छ । महासभामा उनले सरकार प्रमुखको हैसियतमा सहभागी भई नेपाली मौलिकताको लोकतन्त्र, समावेशी शासन प्रणालीको अभ्यास र समुन्नत नेपालको निर्माणमा हाम्रो प्रयासका विषयलाई विश्व समुदायमाझ मुखरित गर्न पाउनुलाई महत्वपूर्ण अवसरका रूपमा लिएको बताएका छन् ।

प्रधानमन्त्री महासभामा सहभागी हुने नेपाली प्रतिनिधिमण्डलका प्रमुखहरूको सम्मानमा अमेरिकी राष्ट्रपति जो बाइडेनले २ असोजमा आयोजना गर्ने स्वागत समारोहमा पनि सहभागी हुने कार्यक्रम छ । बाइडेनले प्रधानमन्त्रीसहितका प्रतिनिधिमण्डलसँग फोटो खिचाए पनि साइडलाइन वार्ताको कार्यक्रम नरहेको बताइएको छ । न्योयोर्कमा रहँदा प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघको दिगो विकास लक्ष्यसम्बन्धी सम्मेलन तथा जलवायु महत्वाकांक्षा सम्मेलनमा भाग लिनेछन् । तीन वर्षपछि नेपालबाट महासभामा प्रधानमन्त्रीस्तरमा सहभागी हुन लागेको हो ।

प्रधानमन्त्री प्रचण्डले संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनिया गुटेरेसलगायत उच्च अधिकारीसँग भेटवार्ता पनि गर्नेछन् । महासभामा मन्तव्य दिएको भोलिपल्ट ५ असोज ९२२ सेप्टेम्बरमा दिन उनी चीन प्रस्थान गर्नेछन् । चीन सरकारले उनलाई एसियाली खेलकुदको उद्घाटन कार्यक्रममा सहभागी हुन निम्ता गरेको हो । आगामी २३ सेप्टेम्बरदेखि चीनको हानझाओमा १९ औं एसियाड सुरु हुँदैछ, जसमा नेपाली खेलाडीहरू पनि प्रतिस्पर्धीका रूपमा देखिने छन् ।

प्रतियोगितामा सहभागी भएपछि प्रधानमन्त्री प्रचण्डले चीनका राष्ट्रपति सी चिनफिङ, प्रधानमन्त्री ली खच्याङलगायतसँग भेटवार्ता गर्ने बताइएको छ । भ्रमणका क्रममा उनले कृषि तथा प्रविधिको क्षेत्रमा छोटो समयमै उच्च सफलता हासिल गरेको चीनको छोङछिङ महानगरपालिकामा रहेको छोङछिङ एकेडमी अफ एग्रिकल्चरल साइन्सलगायत विज्ञान तथा प्रविधि विकासका क्षेत्रको अवलोकन गर्ने कार्यक्रम छ । छोङछिङको भ्रमणपश्चात् नेपालसँग सिमाना जोडिएको चीनको तिब्बत स्वशासित क्षेत्रको भ्रमणमा जाने र त्यहाँका उच्च पदस्थ अधिकारीसँग भेटवार्ता गरी नेपाल फर्कने कार्यक्रम रहेको प्रधानमन्त्रीको भनाइ छ ।

प्रकाशित मिति : २०८०, ३० भाद्र शनिबार  १० : ५४ बजे

आज मन्त्रिपरिषद बैठक बस्दै

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् बैठक बोलाएका छन्

पत्रकारलाई परिचयपत्र वितरण गर्न प्रेस रजिष्टारको कार्यालय वाग्मतीद्वारा शिविर आयोजना 

रामेछाप । प्रेस रजिष्टार कार्यालय वाग्मती प्रदेशले रामेछापमा पत्रकारहरूको लागि

कला र साहित्यले विश्वव्यापी भाइचारालाई मजबुत बनाउँछ : पूर्वराष्ट्रपति

काठमाडौं । पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले कला र साहित्यले हाम्रा भगोलिक

देशको आर्थिक अवस्था सुखद छैन् गृहमन्त्री लेखक

काठमाडौं । गृहमन्त्री रमेश लेखकले पछिल्लो समय देशको आर्थिक अवस्था

साँखुमा स्कुल बस दुर्घटना : छ जनाकाे मृत्यु, ४० घाइते 

काठमाडौं: काठमाडौंको शंखरापुर नगरपालिका ५ स्थित साँखु–नगरकोट सडखण्डमा स्कुल बस