२०८२, २५ फाल्गुन मंगलबार

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न गएकी महिलाको गैँडाको आक्रमणबाट ज्यान गयो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न गएकी महिलाको गैँडाको आक्रमणबाट ज्यान गयो


काठमाण्डाै । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट एक महिलाको ज्यान गएको छ ।

आज बिहान गैँडाले आक्रमण गर्दा निकुञ्जअन्तर्गत पर्ने कञ्चनपुरको बेलडाँडी गाउँपालिका-२ को गुन्डी टोलकी ४२ वर्षीया बेलमती बुढाको ज्यान गएको हो ।

च्याउ टिप्न गएकी बेलमतीलाई गैँडाले आक्रमण गरेको र उहाँको घटनास्थलमै ज्यान गएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिनुभयो ।

मृतक बुढासँगै गएका अन्य दुई जना महिलाले भने रुख चढेर ज्यान जोगाएका छन् । आज बिहान गस्तीका क्रममा नेपाली सेनाले महिलाको शव फेला पारेको हो ।

सेनाले सँगै च्याउ टिप्न गएका दुई जनालाई रुखमा उक्लिएको अवस्थामा फेला पारेको थियो।

प्रकाशित मिति : २०८०, २९ भाद्र शुक्रबार  ३ : १५ बजे

इरानको चेतावनी: अमेरिकासँग वार्ता अस्वीकार, शक्तिशाली मिसाइल प्रयोगको संकेत

काठमाडौं । इरानले अमेरिकासँग सम्भावित वार्ता अस्वीकार गर्दै आफ्नो सुरक्षा

मध्यपूर्वको तनाव अन्त्यबारे ट्रम्प-पुटिनबीच कुराकानी

काठमाडौं । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानमा भइरहेको अमेरिकी सैन्य

संखुवासभामा एमालेको जित, अर्जुन कार्की ६३६ मतले विजयी

काठमाडौं । संखुवासभा प्रतिनिधिसभा निर्वाचन क्षेत्रमा नेकपा एमालेले जित हासिल

खाडी तनावको प्रभाव : दैनिक डेढ दर्जन अन्तर्राष्ट्रिय उडान रद्द

काठमाडौं । इरान–अमेरिका–इजरायल तनाव का कारण नेपालबाट हुने अन्तर्राष्ट्रिय उडान

एमाले मकवानपुरका अध्यक्ष श्रीधर पोखरेलको राजीनामा, कार्यवाहक अध्यक्षमा हिदम लामा

हेटौँडा । नेपाल कम्युनिस्ट पार्टी (एमाले) मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल