२०८३, २० आश्विन बुधबार

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न गएकी महिलाको गैँडाको आक्रमणबाट ज्यान गयो

शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा च्याउ टिप्न गएकी महिलाको गैँडाको आक्रमणबाट ज्यान गयो


काठमाण्डाै । शुक्लाफाँटा राष्ट्रिय निकुञ्जमा गैँडाको आक्रमणबाट एक महिलाको ज्यान गएको छ ।

आज बिहान गैँडाले आक्रमण गर्दा निकुञ्जअन्तर्गत पर्ने कञ्चनपुरको बेलडाँडी गाउँपालिका-२ को गुन्डी टोलकी ४२ वर्षीया बेलमती बुढाको ज्यान गएको हो ।

च्याउ टिप्न गएकी बेलमतीलाई गैँडाले आक्रमण गरेको र उहाँको घटनास्थलमै ज्यान गएको शुक्लाफाँटा राष्ट्रिय निकुञ्जका सहायक संरक्षण अधिकृत मनोज ऐरले जानकारी दिनुभयो ।

मृतक बुढासँगै गएका अन्य दुई जना महिलाले भने रुख चढेर ज्यान जोगाएका छन् । आज बिहान गस्तीका क्रममा नेपाली सेनाले महिलाको शव फेला पारेको हो ।

सेनाले सँगै च्याउ टिप्न गएका दुई जनालाई रुखमा उक्लिएको अवस्थामा फेला पारेको थियो।

प्रकाशित मिति : २०८०, २९ भाद्र शुक्रबार  ३ : १५ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको