२०८२, २८ भाद्र शनिबार

एमाले उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार राजकीय सम्मानसहित गरिने

एमाले उपाध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार राजकीय सम्मानसहित गरिने


काठमाडौं । नेकपा एमालेका उपाध्यक्ष तथा संविधान सभाका अध्यक्ष सुवास नेम्वाङको अन्त्येष्टि बिहीबार गरिने भएको छ ।नेम्वाङको पार्थिव शरीरमा अहिले एमाले पार्टी कार्यालय च्यासलमा राखिएको छ ।

श्रद्धाञ्जली अर्पणका लागि आज दिउँसो १ बजेसम्म राखिने र १ बजेपछि उनको पार्थिव शरीर बालुवाटारस्थित  निवासमा श्रद्धान्जलीका लागि राखिने एमालले जनाएको छ । भोलि पार्टी कार्यालयबाट शव निवासमा लगेर बिहीबार पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने जनाइएको छ । मन्त्रिपरिषद बैठकले उनको राजकीय सम्मानसहित अन्त्येष्टि गरिने निर्णय गरेको थियो ।

नेम्वाङको अन्त्येष्टिका दिन सार्वजनिक बिदा दिने सरकारले निर्णय गरेको छ । बालुवाटारस्थित निवासमा आज बिहान हृदयघात भएपछि त्रिवि शिक्षण अस्पताल लैजाने क्रममा बाटोमै नेम्वाङको निधन भएको थियो ।

प्रकाशित मिति : २०८०, २७ भाद्र बुधबार  ५ : २१ बजे

मन्त्रिपरिषद्‌ विस्तारको तयारी, प्रधानमन्त्री कार्की आन्तरिक छलफलमा

काठमाडौं । प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको अन्तरिम सरकारले मन्त्रिपरिषद्‌ विस्तारको

जेनजीको आरोप लगाई नाङ्गै कुटपिट : अपमान सहन नसकी युवकले गरे आत्महत्या

कञ्चनपुर । कञ्चनपुरका नरेश धानुकले सामाजिक अपमान र कुटपिटको पीडा

आजबाट काठमाडौंमा जनजीवन सामान्य हुँदै

काठमाडौं । गत मंगलबारदेखि ठप्प रहेको काठमाडौं उपत्यकाको सार्वजनिक सवारी

शनिबार देशभर सामान्य बदली, केही स्थानमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल नेपालको मनसुनको न्यून चापीय रेखा सरदर स्थान

पर्यटकीय हब ठमेल : चाडपर्वको सिजनमै आन्दोलनको छायाँ

काठमाडौं । सँधै चाडपर्वको मुखमा पर्यटक र स्थानीयले भरिभराउ हुने