२०८२, १९ मंसिर शुक्रबार

नेम्वाङको निधनमा एमालेले तीन दिन शोक मनाउने, पार्टी झण्डा आधा झुकाउने

नेम्वाङको निधनमा एमालेले तीन दिन शोक मनाउने, पार्टी झण्डा आधा झुकाउने


काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
पार्टी कार्यालय च्यासलमा बसेको सचिवालयको आकस्मिक बैठकले पार्टी तथा जनवर्गीय संगठनका औपचारिक कार्यक्रम ३ दिन स्थगित गरेको कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

उनले भने ‘पार्टीको तर्फबाट अस ‘यो बैठकले सुवासचन्द्र नेम्वाङ्को योगदानको मूल्यांकन गर्दै एउटा विशेष शोक प्रस्ताव पारित गरेको छ । सबै पदमा कुशलताका साथ आफ्नो जिम्मेवारी पूरा गर्ने, नेपालको राजनीतिक आन्दोलनमा लामो समयसम्म उहाँको अभाव रहिरहने छ । ’ उनले भने ‘उहाँको सम्मानमा तीन दिनसम्म देशका सबै पार्टी कार्यालयहरुमा पार्टी झण्डा आधा झुकाइने छ ।

पार्टीको केन्द्रीय कार्यालय प्रदेश कार्यालयहरु र इलामको हकमा उहाँको निर्वाचन क्षेत्रमा शोक पुस्तिका राख्ने, पार्टीसँग सम्बन्धीत सबै कार्यक्रमहरुलाई तीन दिनसम्म स्थगित गरेका छौ । ’त्यस्तै असोज २ गते श्रद्धाञ्जली सभाको आयोजना गरिने ज्ञवालीले जानकारी दिए । नेम्वाङको निर्वाचन क्षेत्रमा शोक पुस्तिका राख्ने पनि सचिवालयले निर्णय गरेको छ ।

प्रकाशित मिति : २०८०, २६ भाद्र मंगलबार  १ : ०३ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको