२०८२, २ फाल्गुन शनिबार

नेम्वाङको निधनमा एमालेले तीन दिन शोक मनाउने, पार्टी झण्डा आधा झुकाउने

नेम्वाङको निधनमा एमालेले तीन दिन शोक मनाउने, पार्टी झण्डा आधा झुकाउने


काठमाडौं । नेकपा एमालेले पार्टीका उपाध्यक्ष एवं संसदीय दलका उपनेता सुवास नेम्वाङको निधनको शोकमा तीन दिनसम्म पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ ।
पार्टी कार्यालय च्यासलमा बसेको सचिवालयको आकस्मिक बैठकले पार्टी तथा जनवर्गीय संगठनका औपचारिक कार्यक्रम ३ दिन स्थगित गरेको कार्यवाहक महासचिव प्रदीप ज्ञवालीले जानकारी दिए।

उनले भने ‘पार्टीको तर्फबाट अस ‘यो बैठकले सुवासचन्द्र नेम्वाङ्को योगदानको मूल्यांकन गर्दै एउटा विशेष शोक प्रस्ताव पारित गरेको छ । सबै पदमा कुशलताका साथ आफ्नो जिम्मेवारी पूरा गर्ने, नेपालको राजनीतिक आन्दोलनमा लामो समयसम्म उहाँको अभाव रहिरहने छ । ’ उनले भने ‘उहाँको सम्मानमा तीन दिनसम्म देशका सबै पार्टी कार्यालयहरुमा पार्टी झण्डा आधा झुकाइने छ ।

पार्टीको केन्द्रीय कार्यालय प्रदेश कार्यालयहरु र इलामको हकमा उहाँको निर्वाचन क्षेत्रमा शोक पुस्तिका राख्ने, पार्टीसँग सम्बन्धीत सबै कार्यक्रमहरुलाई तीन दिनसम्म स्थगित गरेका छौ । ’त्यस्तै असोज २ गते श्रद्धाञ्जली सभाको आयोजना गरिने ज्ञवालीले जानकारी दिए । नेम्वाङको निर्वाचन क्षेत्रमा शोक पुस्तिका राख्ने पनि सचिवालयले निर्णय गरेको छ ।

प्रकाशित मिति : २०८०, २६ भाद्र मंगलबार  १ : ०३ बजे

कोराबाटै मतदातासँगै छु, भन्छन् एमाले उम्मेदवार विनोद ढकाल

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्य पदका

एमालेले भन्यो-भ्रम नरहोस्, जेनजीका जायज मागको विरोध गरेका छैनौँ : मीनबहादुर शाही

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का आम निर्वाचन प्रचार

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड