२०८२, २४ कार्तिक सोमबार

मोरक्कोमा भूकम्पको कारण साढे ६ सय जनाको ज्यान गयो

मोरक्कोमा भूकम्पको कारण साढे ६ सय जनाको ज्यान गयो




काठमाण्डौ । मोरक्कोमा ६ दशमलव ८ रेक्टर स्केलको शक्तिशाली भूकम्पका कारण साढे ६ सय जना भन्दा धेरैको ज्यान गएको छ ।

रातिको समयमा ‘हाइ एट्लस माउन्टेन्स’ केन्द्र विन्दु बनाएर गएको भूकम्पका कारण अहिलेसम्म ६ सय ६२ जनाको ज्यान गएको छ ।

सात सय जना भन्दा धेरै घाइते भएका बीबीसीले जनाएको छ । धेरै भवनको भग्नावशेषमा मान्छे पुरिएको शंका छ ।

रातको समय भएकाले उद्धारमा कठिनाइ भएको प्रहरीलाई उद्धृत गर्दै खबरमा उल्लेख छ । केही गाउँ नै ध्वस्त भएका र त्यहाँ उज्यालो भएपछि मात्रै उद्धारकर्ता पुग्ने अधिकारीले बताएका छन् ।

मानिसहरु सडकमा बसिरहेका छन् । स्थानीय समय अनुसार राति ११ बजेर ११ मिनेटमा भूकम्प गएको हो । त्यसको १९ मिनेटपछि ४ दशमलव ९ रेक्टर स्केलको परकम्प गएको थियो ।

प्रकाशित मिति : २०८०, २३ भाद्र शनिबार  ३ : ४३ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य