२०८२, २७ चैत्र शनिबार

आज निजामती सेवा दिवसनिजामती सेवा दिवस : पुरस्कृत हुने यी हुन् ४० कर्मचारी (सूचीसहित)

आज निजामती सेवा दिवसनिजामती सेवा दिवस : पुरस्कृत हुने यी हुन् ४० कर्मचारी (सूचीसहित)


काठमाडौं । आज निजामती सेवा दिवस विभिन्न कार्यक्रम गरी मनाइँदै छ। नेपालमा निजामती सेवा गठन भएको ६० वर्ष पूरा भए पनि विसं २०६२ भदौ २२ गतेबाट मात्र औपचारिक रूपमा यो दिवस मनाउन थालिएको हो। हाल करिब ८३ हजार निजामती कर्मचारी कार्यरत छन्।

विसं २०१३ भदौ २२ गते तत्कालीन प्रधानमन्त्री टङ्कप्रसाद आचार्यको नेतृत्वको सरकारले निजामती सेवा ऐन ल्याएको दिन पारेर हरेक वर्ष निजामती दिवस मनाउन थालिएको हो । यसैबीच निजामती सेवा दिवसमा पुरस्कृत हुने कर्मचारीहरूको नामावली सार्वजनिक गरेको छ । हिजो बसेको मन्त्रिपरिषद् बैठकबाट ४० कर्मचारीलाई पुरस्कृत गर्ने निर्णय गरेको थियो ।

सर्वोत्कृष्ट निजामती सेवा पुरस्कार एक जना, उत्कृष्ट निजामती सेवा पुरस्कार १० र निजामती सेवा पुरस्कार ३० जनालाई प्रदान गरिँदै आएको भए पनि सरकारले यस वर्ष पनि सर्वोत्कृष्ट कर्मचारी भेटाएन । यस वर्ष १० जनालाई उत्कृष्ट निजामती सेवा पुरस्कार र ३० जना कर्मचारीलाई निजामती सेवाका लागि छनोट गरेको छ ।

पुरस्कृत हुनेहरू धनकुटा प्रमुख जिल्ला अधिकारी थानेश्वर गौतम, प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका सहसचिव बुद्ध बहादुर गुरुङ रहेका छन् । त्यस्तै संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका उपसचिव कवीन्द्र नेपाल, रामग्राम नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत मान बहादुर खड्का, कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयका उपसचिव राम प्रसाद लामिछाने पनि पुरस्कृत भएका छन् ।

त्यसैगरी मालपोत कार्यालय खाँदवारीमा मालपोत अधिकृत चन्द्र प्रसाद मिश्र, अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कम्प्यूटर अधिकृत सुनिल कुमार केसी, कोष तथा लेखा नियन्त्रक कार्यालय मुगुका कोष नियन्त्रक लक्ष्मी कृष्ण हमाल र आन्तरिक राजश्व कार्यालय हेटौडाका नायव सुब्बा शुभलक्ष्मी लामा पुरस्कृत भएका हुन् ।

डा. रोशनी लक्ष्मी तुइतुई, कुमार प्रसाद घिमिरे, सुजन जोजिजु, शुकदेव लम्साल, रेविका अमात्य, राजेश कुमार केसी होमनाथ भट्टराई, सङ्गीता स्वाँर, डा। डमरुबल्लभ पौडेल, नारायण प्रसाद ज्ञवाली र चुडाराज सापकोटा परस्कृत भएका छन् ।

यस्तै शोभा गिरी, नरबहादुर नेगी, मिना पौडेल, सुशीला ज्ञवाली, किशोर पन्थी, नवराज तामाङ व्लोन, युक्त प्रसाद सुवेदी, मनिता न्यौपाने, शशिधर सेढाई, ठाकुर प्रसाद भट्टराई र मनोज कुमार महतो रहेका छन् । निजामती सेवा पुरस्कारबाट पुरस्कृत हुनेमा राजु कटुवाल क्षेत्री, हुर्मत विक, देवकला अर्याल, उमेश भट्टराई, राम प्रकाश साह, दीपकराज पन्त, शान्ता महर्जन र जवाहर लाल अहिर रहेका छन् ।

प्रकाशित मिति : २०८०, २२ भाद्र शुक्रबार  ८ : १२ बजे

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको

अमेरिका र इरानबीच इस्लामावादमा वार्ता

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा आज इस्लामावादमा अमेरिका र इरान बीच

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण