२०८२, १९ मंसिर शुक्रबार

तीन प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा

तीन प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा


काठमाण्डौ । अहिले काठमाण्डौ उपत्यकासहित बाग्मती, गण्डकी र लुम्बिनी प्रदेशका केही ठाउँमा मेघगर्जन र चट्याङसहित वर्षा भइरहेको छ ।

मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतिर रहे पनि स्थानीय वायुको कारण देशभर आंशिकदेखि सामान्य बदली भएको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । यस्तै मधेस प्रदेश र कोशी प्रदेशको तराई भूभागका केही ठाउँहरूमा हावाहुरीको सम्भावना रहेको छ । भोलि शुक्रवार पनि देशभर आंशिकदेखि सामान्य बदली रहेर वर्षाको सम्भावना छ ।

वर्षा हुने क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्न सक्ने भएकाले सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ । यस्तै चट्याङ तथा हावाहुरीको क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन मौसमविद्ले आग्रह गरेका छन् ।

प्रकाशित मिति : २०८०, २१ भाद्र बिहीबार  १० : ०७ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको