२०८२, २६ श्रावण सोमबार

महेन्द्र यादवमाथिको आक्रमणबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ

महेन्द्र यादवमाथिको आक्रमणबारे सदनलाई जानकारी गराउन सभामुखको रुलिङ


काठमाडौं । सभामुख देवराज घिमिरेले, नेपाली कांग्रेसका सहमहामन्त्री महेन्द्र यादवमाथिको आक्रमण सम्बन्धमा सदनलाई जानकारी गराउन रुलिङ गरेका छन् ।

बिहीबार प्रतिनिधि सभाको शून्य र विशेष समयमा बोल्दै सांसदहरुले यादवमाथि भएको आक्रमण र कान्ति बाल अस्पतालमा बालिकाको मृत्यु भएको घटनाका सम्बन्धमा सरकारको ध्यानाकर्षण गराएपछि सभामुखले त्यसबारे सदनलाई जानकारी गराउन सरकारलाई निर्देश गरेका हुन् । यसअघि हिजो बुधबार भृकुटीमण्डपस्थित रिपोर्टर्स क्लबमा आयोजित अन्तरक्रिया कार्यक्रममा सहभागी भएर निकिस्ने क्रममा नेता यादवमाथि धारिलो हतियार प्रहार भएको थियो । उपचारका लागि टिचिङ अस्पताल लगिएकी बालिका रेजिशा गोपालीको निधन भएको थियो ।

खर्च नभएको कारण देखाएर बालिकालाई दुई घण्टासम्म चिकित्सकले नहेर्दा उनको इमर्जेन्सी कक्षमै निधन भएको भन्दै चर्को आलोचना भएको थियो ।

प्रकाशित मिति : २०८०, २१ भाद्र बिहीबार  ४ : ४७ बजे

रवि लामिछानेलाई थुनामै राख्न जिल्ला अदालत रुपन्देहीको आदेश

बुटवल । सुप्रिम सहकारी ठगी प्रकरणमा संलग्न रहेको आरोपमा थुनामा

नापी कार्यालय कलंकीका कर्मचारी घुससहित पक्राउ

काठमाडौं । नापी कार्यालय कलंकीका कार्यालय सहयोगी एकेन्द्र कुँवर १३

चीनको विमानस्थल टर्मिनलमा रोबोटबाट सेवा र निरीक्षण

एजेन्सी । चीनमा स्मार्ट प्रविधिहरूको सहायतामा विमानस्थलका यात्रुहरुलाई आवागमन र

हिन्दुकुश हिमालय सांसद सम्मेलन काठमाडौंमा हुने

काठमाडौं । हिन्दुकुश हिमालय क्षेत्रका सांसदहरूको सम्मेलन आगामी भदौ २

ऊर्जामन्त्री खड्का र अष्ट्रेलियाका राजदूतबीच भेट

काठमाडौं । ऊर्जामन्त्री दिपक खड्का र अष्ट्रेलियाका नेपालस्थित राजदूत लिआन