२०८२, ४ श्रावण आईतबार

अमेरिकी सेनाको टोली आज नेपाल आउँदै,नेपाली सेनासँग संयुक्त सैन्य अभ्यास गर्ने

अमेरिकी सेनाको टोली आज नेपाल आउँदै,नेपाली सेनासँग संयुक्त सैन्य अभ्यास गर्ने


काठमाडौँ । संयुक्त राज्य अमेरिकाको सैनिक टुकडी आज नेपाल आउँदै छ । यही भदौ २४ गतेदेखि काठमाडौंमा हुने नेपाली सेनासँगको संयुक्त सैन्य अभ्यासका लागि बन्दोबस्तीका सामग्रीसहित अमेरिकी सेनाको टुकडी आज काठमाडौं आउन लागेको हो ।

अमेरिकी सेनाको टोली अमेरिकी वायु सेनाको विमानद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपाली सेनाले जानकारी दिएको छ । दुई देशका सेनाबीचको संयुक्त अभ्यास तालिम भदौ २४ गतेदेखि असोज १२ गतेसम्म सञ्चालन हुने नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

नियमित रूपमा सञ्चालन भइरहेको दुई देशका सेनाबीचको संयुक्त अभ्यासको यो ४०औं संस्करण हो । अभ्यासमा नेपाली सेनाका ३० जना र अमेरिकी सेनाका १२ जना गरी ४२ जना सहभागी हुने छन् । संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायत विषयमा अनुभव तथा ज्ञान आदानप्रदान हुनेछ ।

नेपाली सेनाले संयुक्त राज्य अमेरिका, बेलायत, भारत, चीन, श्रीलङ्का, मंगोलिया, बंगलादेश, इजरायल लगायत देशहरुका सैन्य संगठनहरुसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रति आतंकवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा सहभागी रहँदा निर्वाह गर्नुपर्ने भूमिकाहरु लगायतका विषयमा संयुक्त तालिम तथा अभ्यासमा सहभागी भइरहेको छ ।

प्रकाशित मिति : २०८०, २१ भाद्र बिहीबार  ८ : २९ बजे

पूर्वराष्ट्रपति र प्रधानमन्त्रीबीचको भेटघाट एमालेका लागि महत्वपूर्ण छ : भट्टराई

काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी

अराजकता र उश्रृंखलतालाई नियमन गर्न मिडिया काउन्सिल विधेयक : मन्त्री गुरुङ

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले मिडिया

राष्ट्रिय राजनीतिमै कुराकानी भयो, अन्य कुरा आधिकारिक च्यानलबाट आउँछ : भण्डारी

काठमाडौं ।  प्रधानमन्त्री एंव नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली

आजको तरकारी र फलफूलको मूल्य कति ?

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज

श्रमिकको न्यूनतम तलब बढेर १९ हजार पाँच सय ५० पुग्यो

काठमाडौं । सरकारले श्रमिकको न्यूनतम तलब बढाएको छ । श्रमिकको