२०८३, २० आश्विन बुधबार

अमेरिकी सेनाको टोली आज नेपाल आउँदै,नेपाली सेनासँग संयुक्त सैन्य अभ्यास गर्ने

अमेरिकी सेनाको टोली आज नेपाल आउँदै,नेपाली सेनासँग संयुक्त सैन्य अभ्यास गर्ने


काठमाडौँ । संयुक्त राज्य अमेरिकाको सैनिक टुकडी आज नेपाल आउँदै छ । यही भदौ २४ गतेदेखि काठमाडौंमा हुने नेपाली सेनासँगको संयुक्त सैन्य अभ्यासका लागि बन्दोबस्तीका सामग्रीसहित अमेरिकी सेनाको टुकडी आज काठमाडौं आउन लागेको हो ।

अमेरिकी सेनाको टोली अमेरिकी वायु सेनाको विमानद्वारा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गर्ने नेपाली सेनाले जानकारी दिएको छ । दुई देशका सेनाबीचको संयुक्त अभ्यास तालिम भदौ २४ गतेदेखि असोज १२ गतेसम्म सञ्चालन हुने नेपाली सेनाका प्रवक्ता सहायक रथी कृष्णप्रसाद भण्डारीले जानकारी दिए ।

नियमित रूपमा सञ्चालन भइरहेको दुई देशका सेनाबीचको संयुक्त अभ्यासको यो ४०औं संस्करण हो । अभ्यासमा नेपाली सेनाका ३० जना र अमेरिकी सेनाका १२ जना गरी ४२ जना सहभागी हुने छन् । संयुक्त अभ्यासमा विपद् व्यवस्थापन, खोज तथा उद्धार, मानवीय सहायतालगायत विषयमा अनुभव तथा ज्ञान आदानप्रदान हुनेछ ।

नेपाली सेनाले संयुक्त राज्य अमेरिका, बेलायत, भारत, चीन, श्रीलङ्का, मंगोलिया, बंगलादेश, इजरायल लगायत देशहरुका सैन्य संगठनहरुसँग खोज तथा उद्धार, विपद् व्यवस्थापन, प्रति आतंकवाद, पर्वतारोहण, संयुक्त राष्ट्रसंघीय शान्ति सेनामा सहभागी रहँदा निर्वाह गर्नुपर्ने भूमिकाहरु लगायतका विषयमा संयुक्त तालिम तथा अभ्यासमा सहभागी भइरहेको छ ।

प्रकाशित मिति : २०८०, २१ भाद्र बिहीबार  ८ : २९ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको