२०८२, २४ कार्तिक सोमबार

राप्रपा सरकारमा जाने कुरा हल्ला मात्रै हो : महामन्त्री राणा

राप्रपा सरकारमा जाने कुरा हल्ला मात्रै हो : महामन्त्री राणा


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवल शमशेर राणाले राप्रपा सरकारमा जाने कुरा हल्ला मात्रै भएको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले संसदीय समितिको सभापति पाएकोले यो हल्ला चलेको टिप्पणी गर्दै सरकारमा जाने कुरा हल्ला मात्रै भएको बताए ।
उनले भने, ‘हामी सरकारमा जाने हल्ला मात्रै हो । यो आरोप लागेको छ । यसमा कुनै सत्यता छैन् । हामीले संसदीय समितिको सभापति पाएकोले यो हल्ला उठेको हो । हामीले पनि संसदीय समितिको सभापति लिने क्रममा बार्गेनिङ त गरेको छैन ? भनेर पनि नेतासँग सोध्यौं । तर, उहाँहरुले त्यस्तो नभएको बताउनुभयो । समिति भनेको संसद्को हो । एउटा समितिको सभापति पाएको हो ।’
उनले संघ र प्रदेश कतैपनि आफ्नो पार्टी सरकारमा सहभागी नजाने स्पष्ट पारे । उनले भने,‘हामीले अहिले सरकारमा जाने गरी छलफल गरेको पनि छैन् । जाने मनस्थितिमा पनि छैनौं ।’

प्रकाशित मिति : २०८०, २० भाद्र बुधबार  ७ : २८ बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य