२०८३, २० आश्विन बुधबार

राप्रपा सरकारमा जाने कुरा हल्ला मात्रै हो : महामन्त्री राणा

राप्रपा सरकारमा जाने कुरा हल्ला मात्रै हो : महामन्त्री राणा


काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका महामन्त्री तथा सांसद धवल शमशेर राणाले राप्रपा सरकारमा जाने कुरा हल्ला मात्रै भएको बताएका छन् ।
बुधबार काठमाडौंमा आयोजित साक्षात्कार कार्यक्रममा उनले संसदीय समितिको सभापति पाएकोले यो हल्ला चलेको टिप्पणी गर्दै सरकारमा जाने कुरा हल्ला मात्रै भएको बताए ।
उनले भने, ‘हामी सरकारमा जाने हल्ला मात्रै हो । यो आरोप लागेको छ । यसमा कुनै सत्यता छैन् । हामीले संसदीय समितिको सभापति पाएकोले यो हल्ला उठेको हो । हामीले पनि संसदीय समितिको सभापति लिने क्रममा बार्गेनिङ त गरेको छैन ? भनेर पनि नेतासँग सोध्यौं । तर, उहाँहरुले त्यस्तो नभएको बताउनुभयो । समिति भनेको संसद्को हो । एउटा समितिको सभापति पाएको हो ।’
उनले संघ र प्रदेश कतैपनि आफ्नो पार्टी सरकारमा सहभागी नजाने स्पष्ट पारे । उनले भने,‘हामीले अहिले सरकारमा जाने गरी छलफल गरेको पनि छैन् । जाने मनस्थितिमा पनि छैनौं ।’

प्रकाशित मिति : २०८०, २० भाद्र बुधबार  ७ : २८ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको