२०८३, २४ भाद्र बिहीबार

खेमराज गुरुङ ट्रस्टद्वारा वरिष्ठ गायक भजन शिरोमणि भक्तराज आचार्य सम्मानित

खेमराज गुरुङ ट्रस्टद्वारा वरिष्ठ गायक भजन शिरोमणि भक्तराज आचार्य सम्मानित


काठमाडौं । खेमराज गुरुङ ट्रस्टले, वरिष्ठ गायक एवं भजन शिरोमणि भक्तराज आचार्यलाई यस वर्षको श्रष्टा सम्मान प्रदान गरेको छ ।
बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रममा वरिष्ठ गायक आचार्यलाई सम्मान गरिएको हो।
आचार्यलाई ट्रष्टले ५० हजार रुपैयाँको राशीसहित सम्मान–पत्र प्रदान गरेको हो । यसअघि यो सम्मान वरिष्ठ गीतकार रत्नसम्शेर थापा ( २०७४), वरिष्ठ संगीतकार प्रकाश गुरुङ (२०७५), वरिष्ठ जनपक्षीय गायक रामेश ( २०७६) र वरिष्ठ गायक दीप श्रेष्ठ (२०७९ लाई प्रदान गरिएको थियो ।
२०३० सालमा अधिराज्यव्यापी राष्ट्रिय गीत प्रतियोगितामा प्रथम भएर नेपाली गीत संगीतको क्षेत्रमा गर्विलो उपस्थिति जनाएका राष्ट्रिय गीत बालगीत, आधुनिक गीत, भजन र चलचित्र पाश्र्व गायनसमेत गरी ३७५ वटा आफ्नै संगीत र २५ वटा अरुका संगीतका गरेर ४०० गीत रेकर्ड छन् ।
हजार सपनाहरूको माया लागेर आउँछ, मुटु जलिरहेछ’, ‘जा छन् बुद्धका आखाँलगायत दर्जनौ कालजयी गीतमार्फत नेपाली गीत संगीतको श्रीवृद्धिमा उल्लेख्य योगदान पु¥याएका आचार्यलाई थिमि डबली परिवारले २०५४ कात्तिक १८ गते भजन शिरोमणिको उपाधि प्रदान गरेको थियो ।
यसैगरी ट्रस्टले प्रतिभा पुरस्कार तुलसी बस्नेतलाई प्रदान गरेको छ।

प्रकाशित मिति : २०८०, २० भाद्र बुधबार  ६ : ३६ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको