२०८२, २७ चैत्र शनिबार

प्राधिकरणको एकै पटक ५१ वटा विद्युतीय सवारी चार्जिङ स्टेशनको उद्घाटन

प्राधिकरणको एकै पटक ५१ वटा विद्युतीय सवारी चार्जिङ स्टेशनको उद्घाटन


काठमाडौं । नेपाल विद्युत् प्राधिकरणले धमाधम देशभर विद्युतीय सवारी साधानको चार्जिङ स्टेशन निर्माण गरिरहेको छ ।
प्राधिकरणले हालसम्म ५१ वटा चार्जिङ स्टेशन निर्माण सम्पन्न गरेको छ । बुधवार देशभर निर्माण भएका ती ५१ वटा विद्युतीय सवारी साधनको चार्जिङ स्टेशनको औपचारिक उद्घाटन गरिएको छ। काठमाडौंको भृकुटीमण्डपमा ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री शक्ति बहादुर बस्नेतले सो उद्घाटन गरेको हुन् ।

उद्घाटनपछि मन्त्री बस्नेतले चार्जिङ स्टेशन विस्तारमा सरकारको विशेष ध्यान रहेको बताए । पछिल्लो समय सर्वसाधारणको विद्युतीय सवारीप्रतिको आकर्षण बढ्दै गएकाले पनि सरकारले स्टेशन निर्माणलाई अभियानकै रूपमा सञ्चालन गर्ने उनको भनाई छ ।
उनले भने,–‘विद्युतीय सवारी भित्रने क्रम जारी नै छ । सर्वसाधारण आकर्षण बढी रहेको छ । तर, चार्जिङमा समस्या नहोस् भनेर सरकारले देशभर नै स्टेशन निर्माण गरेको हो । अब अभियान नै सञ्चालन गर्नुपर्छ ।’ विद्युतीय सवारीको बढ्दो प्रयोगसँगै चार्जिङ स्टेशनको समस्या समाधान गर्नका लागि सरकारले देशभर स्थापना गर्ने मन्त्री बस्नेतले बताए । ‘वातावरण संरक्षण गर्न सरकार लागि परेको छ । प्रदूषण कम गर्न विद्युतीय सवारीको प्रयोग बढाउने र देशभर चार्जिङ स्टेशन विस्तारमा सरकारको ध्यान छ’–मन्त्री बस्नेतले भने ।
विद्युतीय सवारी साधनको प्रयोग बढ्दै गएपछि प्राधिकरणले थप चार्जिङ स्टेशन बनाउने योजना पनि बनाइरहेको छ । साथै, यसको व्यवसाय गर्न निजी क्षेत्रलाई समेत खुला गरिएको छ । उक्त चार्जिङ स्टेशनहरु सञ्चालनमा आएपछि विद्युतीय सवारी साधनलाई सहजता प्रदान हुने बताइएको छ । साथै, पेट्रोलियम पदार्थको आयातमा पनि गिरावट ल्याउने अपेक्षा गरिएको छ ।

प्राधिकरणले मुख्य राजमार्ग, बसपार्क र ठुला सहरमा रहेका ठाउँमा चार्जिङ स्टेसन बनाउने काम अघि बढाएको थियो । प्राधिकरणले बनाएका स्टेशनमा ठुला बस, माइक्रो, ट्रक, पिक अप तथा कार चार्ज गर्न सकिन्छ । निर्माण सम्पन्न भएका स्टेशनलाई काठमाडौंबाट नै कन्ट्रोल गर्न सकिने प्रविधि राखिएको छ । गाडी चार्ज गरेपछि ग्राहकले क्युआर कोड र मोबाइल एपमार्फत बिलको भुक्तानी गर्न सक्नेछन् ।

हरेक चार्जिङ स्टेसनमा १४२ किलोवाट क्षमताको चार्जर, ५० केभीएको ट्रान्सफर्मर, अनलाइन विलिङ प्रणालीको जडान गरिएको छ । चार्जिङ स्टेसनमा छिटो चार्ज गर्न मिल्ने ६०–६० किलोबाटका डिसी र २२ किलोवाटका एसी चार्जरहरु राखिने छन् । यसबाट ठुला बससहित तीन वटा सवारी साधनले एक साथ चार्ज गर्न सकिने प्राधिकरणले जनाएको छ । चार्ज गर्दा कारहरूमा औसत ७० पैसा, एसयूभिमा ८० पैसा, माइक्रो बसमा ९० पैसा र बसहरूमा एक रुपैयाँ २० पैसा प्रति किलोमिटर खर्च लाग्ने छ ।

नेपालमा उपलब्ध सवारी साधनहरूमा रहेको ब्याट्री क्षमता अनुसार कम्तीमा आधादेखि १ घण्टासम्ममा चार्ज पूर्ण हुनसक्छ । चार्जिङ बन्न थालेपछि विद्युतीय सवारी साधानहरु चार्ज गर्न सहज हुने गरेको प्राधिकरणको भनाइ छ ।

प्रकाशित मिति : २०८०, २० भाद्र बुधबार  ११ : २५ बजे

परराष्ट्रमन्त्री शिशिर खनालले भारत, भूटान र बङ्गलादेशका विदेशमन्त्रीहरूसँग भेटवार्ता

काठमाडौँ । नवौँ हिन्द महासागर सम्मेलनमा सहभागी हुने सिलसिलामा मोरिससको

सरकारको २४ घण्टाभित्र विमानस्थलमा स्तनपानकक्षको व्यवस्था गर्ने निर्देशन

काठमाडौँ । सरकारले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलसहित देशभरका सबै विमानस्थलमा २४

अमेरिकासँगको वार्ताका लागि इरानको उच्चस्तरीय टोली इस्लामावाद पुगे

काठमाडौं । अमेरिकासँगको शान्ति वार्ताका लागि इरानको उच्चस्तरीय प्रतिनिधिमण्डल पाकिस्तानको

अमेरिका र इरानबीच इस्लामावादमा वार्ता

काठमाडौं । पाकिस्तानको मध्यस्थतामा आज इस्लामावादमा अमेरिका र इरान बीच

राष्ट्र बैंकको डेपुटी गभर्नरमा किरण पण्डित नियुक्त

काठमाडौं । नेपाल राष्ट्र बैंकको रिक्त डेपुटी गभर्नर पदमा किरण