२०८२, २४ कार्तिक सोमबार

देशभर श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै,सरकारले दियो सार्वजनिक बिदा

देशभर श्रीकृष्णजन्माष्टमी पर्व मनाइँदै,सरकारले दियो सार्वजनिक बिदा


काठमाडौं । ‘श्रीकृष्णजन्माष्टमी’ पर्व आज देशभर भगवान् श्रीकृष्णको पूजा–आराधना गरी श्रद्धा–भक्तिपूर्वक भावले मनाइँदै छ । वैदिक सनातन धर्मावलम्बीले ज्ञान,भक्ति र कर्मयोगका प्रणेता भगवान् श्रीकृष्णको जन्मउत्सव धुमधामका साथ मनाउँदै छन् ।
द्वापरयुगमा भाद्रकृष्ण अष्टमीको मध्यरातमा भगवान् श्रीकृष्णको जन्म भएकाले आजको दिनलाई ‘श्रीकृष्ण जन्माष्टमी’ र रातलाई ‘मोहरात्रि’ भनिन्छ । यस दिन देशभरिका कृष्णमन्दिरमा भगवान् श्रीकृष्णको पूजा–आराधना, प्रवचन, भजनकीर्तन गरी भक्तिभावले मनाइँदै छ । आज विशेष गरी महिला, र पुरुष पनि ‘व्रत’ बसी रातभर जाग्राम बस्ने प्रचलन छ ।
अन्याय, अत्याचार र राक्षसी प्रवृत्तिबाट सम्पूर्ण मानवको रक्षा गर्न भगवान् विष्णुको आठौँ अवतारका रूपमा जन्मिएका श्रीकृष्णले आजीवन सत्यको पक्षमा रही सत्कर्मका लागि मानव समुदायलाई प्रेरित गरेका थिए ।
हिन्दु धर्मावलम्बीहरुले ‘श्रीमद् भागवत गीता’ लाई पवित्र ग्रन्थको रुपमा मान्दै र पुज्दै आएका छन् । महाभारत युद्धमा श्रीकृष्णले कुरुक्षेत्रमा पाण्डव र कौरवसँगको लडाइँमा संलग्न पाण्डवमध्येका अर्जुनलाई उपदेश दिने क्रममा स्वयम् आफ्नै मुखारविन्दबाट व्यक्त गरेका उपदेश ‘श्रीमद् भागवत गीता’ पवित्र ग्रन्थ मानिन्छ ।
बाल्यकालदेखि नै आफ्ना विचित्र लीला देखाएका श्रीकृष्णले सबै अन्यायको विरुद्ध सत्यको बाटो देखाएर सबैलाई सत्मार्गमा लाग्न प्रेरणा दिएका छन् ।
श्रीकृष्णले पुतना, आफ्नै मामा कंश, जरासन्ध र शिशुपालजस्ता दानवी प्रवृत्तिको संहार गर्नुभएको पौराणिक ग्रन्थमा उल्लेख छ । देशभरका कृष्ण मन्दीरहरुमा आज पूजा आरधाना गरी उत्सव मनाइँदै छ । आज पाटनको मङ्गलबजारस्थित प्रसिद्ध कृष्ण मन्दिरमा ठूलो मेला लाग्दछ । काठमाडौं उपत्यका सहित देशका विभिन्न स्थानमा श्रीकृष्ण जन्माष्टमी विशेष विभिन्न झाँकी निकाल्ने,भजन कृतन गर्ने तथा रथ र सोभा यात्रा गर्ने गरिन्छ । पर्वका अवसरमा सरकारले आज देशभर सार्वजनिक बिदा दिएको छ ।

प्रकाशित मिति : २०८०, २० भाद्र बुधबार  ८ : ४० बजे

एमालेले विघटित प्रतिनिधि सभाको बैठक बोलायो

काठमाडौं। नेकपा एमालेले विघटित प्रतिनिधि सभाको संसदीय दलको बैठक मंसिर

मधेशको मुख्यमन्त्री कार्यकक्षमा तोडफोड, राष्ट्रिय झण्डा फ्याँकियो

जनकपुरधाम । मधेशमा नयाँ मुख्यमन्त्री नियुक्ति विवादका कारण मुख्यमन्त्रीको कार्यकक्षमा

मधेश प्रदेश प्रमुखको कार्यालयमा तोडफोड

काठमाडौं । मुख्यमन्त्री नियुक्ति विवादका बीच मधेश प्रदेशकी प्रदेश प्रमुख

सर्लाहीमा उखुको बक्यौता नपाएपछि किसान धर्नामा

सर्लाही । धनकौल गाउँपालिकास्थित अन्नपूर्ण चिनी उद्योगले वर्षौँदेखि बाँकी उखुको

निर्वाचन आयोगले पूर्वआयुक्तसँग छलफल गर्दै निर्वाचन तयारी अघि बढायो

काठमाडौं । आगामी फागुन २१ गते हुने प्रतिनिधि सभा सदस्य