२०८२, १९ मंसिर शुक्रबार

कान्ति बाल अस्पतालमा ६ वर्षीय बालकको मृत्यु, लापरवाही भएको पीडित पक्षको आरोप

कान्ति बाल अस्पतालमा ६ वर्षीय बालकको मृत्यु, लापरवाही भएको पीडित पक्षको आरोप


काठमाडौं । कान्ति बाल अस्पतालको लापारवाहीका कारण ६ वर्षीय मृत्यु बालकको भएको भन्दै पीडित परिवारले विरोध गरेका छन् । मकवानपुर, थाहा नगरपालिका– १० बाट अस्पताल आएका मृतका परिवारले मङ्गलबार कान्ति बाल अस्पतालमा विरोध गरेका हुन् ।

अस्पतालमा ५ बजे बेलुका ‘इमर्जेन्सी’ लगिएको बालकलाई २ घन्टा बाहिर राख्दा उनको मृत्यु भएको पीडित परिवारको भनाइ छ । बालकका हजुरबुवा कृष्ण गोपालीले ज्वरो र वान्ता भएका बालकलाई अस्पतालले बेवास्ता गरेकै कारण उनको मृत्यु भयो ।

उनले भने, ‘बच्चालाई ज्वरो आएको र वान्ता पनि भएको थियो । गम्भीर अवस्थामा ल्याइएको बालकको अस्पतालकै कारण मृत्यु भएको छ, यस विषयलाई अस्पतालले गम्भीररुपमा लिनुपर्छ । यहाँको प्रशासनलाई कारवाही हुनुपर्छ ।’

अस्पतालका नवनियुक्त निर्देशक तथा डा.पङ्कज रायले बालकको मृत्यु पालो कुर्दै गर्दा भएको बताएका छन् ।

उनले भने, ‘अस्पतालको इमर्जेन्सीमा धेरै भीड हुने गरेको छ । यहाँ आएकाहरूलाई अन्त जाउ भन्ने गरेको छैन । ती बालक पालो कुरिरहेका थिए । यसमा उपचारमा हेलचेक्रेई भयो भन्ने कुरा छरासर गलत हो । बिरामी यहाँ छिरेपछि सबै सेवा सुविधा पाएको छ ।’
००००

प्रकाशित मिति : २०८०, १९ भाद्र मंगलबार  ८ : ५४ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको