२०८३, ३१ जेष्ठ सोमबार

राजनीतिक दलका बैंक खाता लेखा समितिले हेर्न पाउनु : पर्छ सचिव भट्टराई

राजनीतिक दलका बैंक खाता लेखा समितिले हेर्न पाउनु : पर्छ सचिव भट्टराई


काठमाडौं । नेकपा एमालेका सचिव योगेश भट्टराईले, सार्वजनिक लेखा समितिले, राष्ट्रिय मान्यताप्राप्त राजनीतिक दलका बैंक खाता हेर्न पाउनु पर्ने माग गरेका छन्।
मंगलबार सिंहदरबारमा बसेको सार्वजनिक लेखा समितिको बैठकमा भट्टराईले नेपालका राजनीतिक दलहरु कसरी चलेका छन् भनेर थाहा पाउन उनीहरुको बैंक खाता सार्वजनिक लेखा समितिले हेर्न पाउनुपर्ने समेत बताए ।
उनले भने, ‘दलहरू कसरी चलेका छन् ? यस आधारमा धेरै विषय प्रभावित हुन्छन् । राजनीतिक दल सम्बन्धी ऐन संशोधन हुँदै छ भन्ने सुनिन्छ । अब लेखा समितिले हामीले राष्ट्रिय दलको मान्यता प्राप्त दलको अकाउन्ट हेर्नुपर्छ । यसतर्फ गम्भीर बनौं ।’
समितिमा भएको बेरुजुमाथिको छलफलका क्रममा उनले निर्णयकर्ता मन्त्री र सचिव तथा कार्यान्वयनकर्तालाई समेत जिम्मेवार बनाउनुपर्ने बताए । ‘मन्त्रीको पालामा के भयो, के कति बेरुजु छ, त्यो सम्बन्धित दलमा पठाऔं,’ भट्टराईले भने, ‘ताकी दलमा पनि जिम्मेवार हुन सक्छ र आगामी जिम्मेवारीका सन्दर्भमा दललाई निर्णय लिन सहज हुन्छ ।’

त्यस्तै एनजीओ र आईएनजीओहरुले नेपालमा गर्ने खर्च पारदर्शी नभएको उनको भनाई छ । उनले भने, ‘आईएनजीओ र एनजीओले नेपालमा गर्ने खर्च पनि पारदर्शी छैन । ठिक छ, नेपालमा सहयोग आउनुपर्छ तर त्यसलाई नेपालको बजेटरी सिस्टममा ल्याउनुपर्छ।’ त्यस्तै सांसद अमरेश कुमार सिंहले, सांसदहरु कानून बनाउने मात्रै नभएर त्यसको पालना गर्न पनि उत्तिकै जिम्मेवार हुनु पर्ने बताए ।

प्रकाशित मिति : २०८०, १९ भाद्र मंगलबार  ७ : ३४ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क