२०८३, ३१ जेष्ठ सोमबार

यो देशमा क्रिकेट रंगशाला बन्दैन, मुख्यमन्त्रीलाई आलिशानको महल बन्छ : सांसद ढकाल

यो देशमा क्रिकेट रंगशाला बन्दैन, मुख्यमन्त्रीलाई आलिशानको महल बन्छ : सांसद ढकाल


काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद हरि ढकालले नेपालको खेल इतिहास र खेल क्षेत्र कसैले जोगाएको छ र गरिमा कायम राखेको छ भने त्यो खेलाडी र खेलाडीको अभिभावकले जोगाएको बताएका छन् ।

सोमबार प्रतिनिधि सभाको बैठकमा सांसद ढकालले भैसेपाटीमा मुख्यमन्त्रीहरुको लागि आलिशान महल बन्छ तर खेलाडीको लागि यो देशमा रंगशाला नबन्नु दुःखद भएको बताए । उनले भने ‘ भारतमा ए क्याटागोरीको लागि ५ करोड, बी को लागि ३ करोड र सी को लागि १ करोड आइसी, बङ्गलादेशले ए प्लस खेलाडीहरुको लागि ५७ हजार डलर वार्षिक दिने गर्छ । बी को लागि ४३ हजार, सीको लागि २८ हजार र हाम्रो खेलाडीहरुलाई ए क्याटोगरिको लागि ६० हजार, बी को लागि ४५ हजार र सी ३० हजार यो डाटा प्रस्तुत गरिरहदाँ लाजलाई पनि लाज लाग्या होला । यति धेरै दशकसम्म खेल क्षेत्रको विकासका लागि भनेर गरिएका भाषणहरु सन्दै गरेका युवा पुस्ताले किन खिस्सी नगर्ने ?

सांसद ढकालले अगाडि भने ‘ यहाँ एउटा अन्तर्राष्ट्रिय रङ्गशालामा लाइट हाल्दैँन् सरकार, अन्तर्राष्ट्रिय रुपमा बेईज्जत कमाउँनु पर्छ । रङ्गशाला बनाईदैन् कतै पनि तर भैँसीपार्टीतिर मुख्यमन्त्रीहरु कमाठमाडौं आउँदा सुत्न आलिशान महल बनाइन्छ । कस्तो खालको लोकतन्त्र हो ।

मैले खेलाडीहरुले एक छाक खाएर पैसा जोगाएर ब्याट किनेको मैले देखेको छु तर सरोकारवालाहरुले देख्दैँन् । खेलाडीहरुको खातामा दिने भनेको पैसा यो हप्ताभित्र दिन अबिलम्ब माग गर्दछु यो सरकारसँग, कसले नपठाएको यो सदनमा जानकारी गराईयोस् । ’

प्रकाशित मिति : २०८०, १८ भाद्र सोमबार  ३ : ०७ बजे

कमलामाईले झेलिरहेको चुनौती

अहिले हामी सवैजना एउटै साझा चुनौतीसँग लडिरहेका छौं र त्यो

कोशी प्रदेशमा खेलकुदलाई उच्च प्राथमिकता : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीले प्रदेश सरकारले

विराटनगरमा कांग्रेस इतर समूहको शक्ति प्रदर्शन : कोइराला–सिटौला–गच्छदार एकै मञ्चमा

विराटनगर । नेपाली कांग्रेसको संस्थापन इतर समूहले विराटनगरमा शक्ति प्रदर्शनसहित

स्थानीय र प्रदेश निर्वाचन लक्षित गर्दै एमालेको देशव्यापी ‘मिसन जागरण’ सुरु

काठमाडौँ । नेकपा एमालेले आगामी स्थानीय तह र प्रदेशसभा निर्वाचनलाई

दलित उत्पीडित आन्दोलन सशक्त बनाउन कोशी प्रदेश तदर्थ समिति गठन

काठमाडौं । नेपाल दलित उत्पीडित केन्द्र कोशी प्रदेश समन्वय सम्पर्क