२०८३, २५ भाद्र शुक्रबार

बागमती, कोशी र गण्डकी प्रदेशमा वर्षको सम्भावना

बागमती, कोशी र गण्डकी प्रदेशमा वर्षको सम्भावना



काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्ला दिनमा मौसममा सुधार आएको जनाएको छ । तर, कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा आज (मंगलबार) हल्का वर्षा हुने सम्भावना रहेको औल्याएको हो ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनसक्ने जनाउँदै विभागले देशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने जनाएको छ । बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
देशका पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भूभागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

प्रकाशित मिति : २०८०, १२ भाद्र मंगलबार  ८ : २१ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको