२०८२, १९ मंसिर शुक्रबार

बागमती, कोशी र गण्डकी प्रदेशमा वर्षको सम्भावना

बागमती, कोशी र गण्डकी प्रदेशमा वर्षको सम्भावना



काठमाडौं । जल तथा मौसम विज्ञान विभागले पछिल्ला दिनमा मौसममा सुधार आएको जनाएको छ । तर, कोशी, मधेश र लुम्बिनी प्रदेशका थोरै स्थानमा आज (मंगलबार) हल्का वर्षा हुने सम्भावना रहेको औल्याएको हो ।
दिउँसो देशभर आंशिकदेखि सामान्य बदली रहनसक्ने जनाउँदै विभागले देशका पहाडी भूभागका केही स्थानमा हल्कादेखि मध्यम वर्षा हुनसक्ने जनाएको छ । बाँकी भूभागका थोरै स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ । राति भने देशभर आंशिकदेखि सामान्य बदली रहनेछ । कोशी, बागमती र गण्डकी प्रदेशको पहाडी भूभागका थोरै स्थानहरूमा र बाँकी भूभागको एकदुई स्थानमा हल्का वर्षाको सम्भावना रहेको छ ।
देशका पहाडी भूभागका केही स्थानहरुमा र बाँकी भूभागको थोरै स्थानमा हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।
यी क्षेत्रहरूबाट बहने नदीको जल सतह बढ्ने, गेग्रान बहाव, बाढी, पहिरो, भूक्षय जस्ता प्रकोप हुन सक्ने भएकोले जनस्वास्थ्य, कृषि, दैनिक जनजीवन, सडक तथा हवाई यातायातमा हुन सक्ने असुविधा, जोखिम वा क्षतिबाट बच्न आवश्यक सतर्कता अपनाउन महाशाखाको आग्रह छ ।

प्रकाशित मिति : २०८०, १२ भाद्र मंगलबार  ८ : २१ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको