२०८३, २० आश्विन बुधबार

तामाङ पर्यटन संजालको अध्यक्षमा सरिता तामाङ, महासचिवमा नरध्वज तामाङ ‘क्षितिज’

तामाङ पर्यटन संजालको अध्यक्षमा सरिता तामाङ, महासचिवमा नरध्वज तामाङ ‘क्षितिज’


काठमाडौं । पर्यटन क्षेत्रमा सक्रृय तामाङ समुदायका ब्यवसायी र पर्यटन पेशाकर्मीहरुको साझा संस्था तामाङ रिमठीम पर्यटन संजालको अध्यक्षमा सरिता तामाङ र महासचिवमा नरध्वज तामाङ ‘क्षितिज’ चुनिएका छन् । काठमाडौंमा आयोजित दोस्रो साधारणसभाले अध्यक्षमा तामाङको नेतृत्वमा नयाँ कार्यसमिति चयन गरेको हो ।

साधारण सभाले दुई वर्षकालागि १७ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको नव निर्वाचित महासचिव नरध्वज तामाङ ‘क्षितिज’ले बताउनुभयो । महासचिव क्षितिजका अनुसार नयाँ कार्यसमितिको वारीष्ठ उपाध्यक्ष दोर्जे तामाङ र अर्का उपाध्यक्षमा ऋतु ग्यामदान निर्वाचित भएका छन् । महासचिवमा नरध्वज तामाङ ‘क्षितिज’, सचिवमा बिजय तामाङ, कोषाध्यक्षमा कुमार लामा र सहकोषाध्यक्षमा बिश्वराज तामाङ रहेका छन् । रबि लामा, हिमाल तामाङ, प्रकाश लामा, अमृत थोकर, शान्ती तामाङ, पुष्कर तामाङ, टीका ब। तामाङ, दावा तामाङ, प्रदिप कुमार तामाङ र पासाङ र धुन्दुप तामाङ सदस्यमा निर्वाचित भएका छन् ।

साधारण सभामा गोरखाका चुमनुब्री गाउँपालिकाका अध्यक्ष निमा लामाले नवनिर्वाचित समितिले स्थानीय सरकारसंग समन्वय गरी कार्ययोजना बनाउनु पर्ने बताउनु भयो । अध्यक्ष लामाले संस्थासंग सहकार्य गरी पर्यटन प्रवद्र्धनमा काम गर्ने प्रतिवद्धता समेत जनाउनु भयो । टान, एन एम ए लगायत धेरै पर्यटनसम्बद्ध संघसंस्थाका प्रतिनिधीहरुको सहभागी रहेको थियो । साधारणसभा महासचिव छेटुप तामाङ र कोषाध्यक्ष ऋतु ग्यामदानको बार्षिक प्रतिबेदन प्रस्तुत गर्नुभएको थियो । सभाले आठबुँदे कार्ययोजनासमेत पारित गरेको छ ।

दोस्रो साधारणसभाको अवसर पारेर विदेशी र नेपाली गरी ४ जनालाई संस्थाले सम्मान गरिएको थियो । । सम्मानित हुनेहरुमा साहसीक पर्यटन सन्डुक दोर्जी तामाङ, समाजसेवा डाक्टर दिल बहादुर थोकर, तामाङ कुदाप धिम र पुस्तक लेखन तथा अन्य बिबिध माध्यमबाट नेपालको पर्यटन प्रबर्द्धनमा बिशिष्ठ योगदान पुर्याउनुभएकोमा स्पेनका नागरिक Enric Alcayde Carbonell रहेका थिए ।

प्रकाशित मिति : २०८०, १० भाद्र आईतबार  ११ : ४१ बजे

वर्षाका कारण स्थगित कांग्रेसको बन्दसत्र चार बजेपछि सुरु हुने

काठमाडौं । नेपाली कांग्रेसको काठमाडौंमा जारी १५औँ महाधिवेशनअन्तर्गत आज बिहान

गगन थापाको बाटो खुल्यो, किशोर राठौरले छाडे सभापतिको दौड

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनमा सभापति पदका उम्मेदवार किशोरसिंह

कांग्रेस महाधिवेशन : पदाधिकारीमा को–को भिड्दैछन् ? यस्तो छ पूरा सूची

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत नयाँ नेतृत्व चयनका लागि

कांग्रेस महाधिवेशन : सहमहामन्त्रीमा कुन समूहमा को–को भिड्दै छन् ?

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत सहमहामन्त्रीका विभिन्न समूहमा उम्मेदवारी

एमाले स्थायी कमिटी बैठकमा पहिलोपटक विद्या भण्डारी

काठमाडौं । नेकपा एमालेले बिहीबार स्थायी कमिटी बैठक बस्ने भएको