२०८३, १ भाद्र मंगलबार

सामाजिक सद्भाव भड्काएर राजनीतिको रोटी सेक्न हुदैन : रवि लामिछाने

सामाजिक सद्भाव भड्काएर राजनीतिको रोटी सेक्न हुदैन : रवि लामिछाने



काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सामाजिक तथा जातिय सद्भाव भड्काएर राजनीतिको रोटि सेक्ने काम हुन लागेको आरोप लगाएका छन् । टोखा नगरपालिकामा शनिबार बिहान आयोजना गरिएको पार्टीको भेलालाई सम्बोधन गर्दै अध्यक्ष लामिछानेले सामाजिक र जातिय सद्भाव कायम राख्न सबैलाई आग्रह गरेका हुन् ।

प्रमुख राजनीतिक दलहरू सुन,भ्रष्टाचार लगायतका काण्ड ढाकछोप गर्न लागि परेको आरोप लगाउँदै लामिछानेले जातिय, क्षेत्रिय तथा धार्मीक द्वन्द्वको भूमरिमा मुलुकलाई धकल्ने काम नगर्न आग्रह गरे । ‘आज जातिय सदभाव भड्काउन पाइयो भने भ्रष्टाचारका यत्रा काण्डहरू सामसुम-थामथुम हुन्छ होला भनेर त्यतातिर आगो झोसिरहेका छन्,’ उनले भने,‘खवरदार त्यो आगोमा पेट्रोल र मट्टितेल हाल्ने काम कसैले नगर्नु होला ।’

समाजिक सद्भाव कायम गर्न आफु पानी हाल्न तयार रहेको जनाउँदै उनले सबैलाई कानूनको पालना गर्न आग्रह गरे । ‘कानून विपरित कार्य हामी कसैले पनि गर्न हुदैन । त्यो भन्दापनि महत्वपूर्ण कुरा सद्भाव खल्वल्याउने कुरा,एक अर्काको विचमा बैमनस्यता खडा गर्ने कुरा र त्यसबाट राजनीतिको रोटी सेक्ने काम कसैले पनि गर्न हुँदैन् ।’

उनले समाजको सद्भाव खलबल्याउनेबाट सचेत हुनुपर्ने भन्दै सामाजिक सञ्जालमा लेखिएका कुराको पछि लाग्न नहुने बताए । त्यस्तै उनले सबै मिलेर बेथितिको विरुद्ध लड्नुपर्नेमा जोड दिए । ‘हाम्रो दुस्मनि भनेको एक अर्काको होइन,एउटा जाति र अर्को जाति के यो नेपालीको दुश्मन हो? एउटा समुदाय अर्को समुदायको दुश्मन हो ? हाम्रो साझा दुश्मन गरिबी, अशिक्षा र बेरोजगार हो । हरेक एक नेपालीको साझा दुश्मन त्याही हो । हाम्रो लडाइँ त्यो दुश्मनसँग हो, एक अर्कासँग होइन ।’

प्रकाशित मिति : २०८०, ९ भाद्र शनिबार  ११ : ०५ बजे

तीन दिनदेखि हराइरहेकी तीन वर्षीया बालिका छिमेकीको घरमा मृत फेला

बारा । जितपुरसिमरा उपमहानगरपालिकामा तीन दिनदेखि बेपत्ता रहेकी तीन वर्षीया

कांग्रेस महाधिवेशनको नयाँ तालिका सार्वजनिक, भदौ २४ बाट अधिवेशन सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तल्ला तहका अधिवेशनको संशोधित

बागमतीमा एमालेको नयाँ समीकरण, थपलिया दलनेता नै रहने–किरण थापा मुख्यमन्त्री

हेटौँडा । नेकपा एमालेले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनको बाटो

स्मार्ट टेलिकम प्रकरणमा मुद्दा परे पनि बैंकका सीईओ-सञ्चालक पदमै रहने

काठमाडौं । स्मार्ट टेलिकमको धितो बिक्री प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा

रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाखको खेल, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक