२०८३, २५ भाद्र शुक्रबार

संसदको अवरोध हटाउन प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक जारी

संसदको अवरोध हटाउन प्रधानमन्त्री कार्यालयमा सर्वदलीय बैठक जारी



काठमाडौँ ३ भदौ : संसदको अवरोध हटाउने प्रयासस्वरुप प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले बोलाएको बैठक जारी छ ।
सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा जारी छलफलमा संसद खुलाउन सत्ता पक्ष र प्रतिपक्षको भूमिकाबारे छलफल भइरहेको छ ।
बैठकमा प्रधानमन्त्रीसहित उपप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ, कांग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, एमालेका संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख सचेतक पदम गिरि, रास्वपा सभापति रवि लामिछाने, राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलगायत नेताहरु सहभागी छन् ।
यसअघि सदन सुचारु गर्ने विषयमा सभामुखले बोलाएको प्रमुख सचेतक तथा सचेतकबीचको बैठक निष्कर्षविहीन भएको थियो ।
प्रतिनिधिसभाको बैठक दिउँसो १ बजेका लागि बोलाइएको बैठक दलहरुबीचको छलफल नसकिएकाले अझै सुरु भएको छैन् ।
एमालेले सुन तस्करी प्रकरणमा उच्चस्तरीय छानबिन समितिको अडानसहित साउन १० गतेबाट निरन्तर बैठक अवरुद्ध गर्दै आएको छ ।

प्रकाशित मिति : २०८०, ३ भाद्र आईतबार  ११ : ४४ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको