२०८२, २ फाल्गुन शनिबार

‘मिडिया अवार्ड प्रकरण’ छानविनको माग गर्दै १७ केन्द्रीय सदस्यद्धारा बैठक बहिस्कार

‘मिडिया अवार्ड प्रकरण’ छानविनको माग गर्दै १७ केन्द्रीय सदस्यद्धारा बैठक बहिस्कार


काठमाडौं १ माघ :  नेपाल पत्रकार महासंघका १५ केन्द्रीय सदस्यहरुले केन्द्रीय समितीको बैठक बहिस्कार गरेका छन् । ‘मिडिया अवार्ड प्रकरण’ छानविनको माग गर्दै केन्द्रीय सदस्यहरुले बैठक बहिस्कार गरेका हुन् ।

‘ड्रिम हाइ नेपाल’ नामक इभेन्ट म्यानेजमेन्ट कम्पनीको नाममा भएको मिडिया अवार्ड कार्यक्रममा ठगी धन्दा भएको र त्यसमा महासंघका अध्यक्ष विपुल पोखरेल समेत संग्लन भएको दाबी गर्दैै १७ जना महासंघका केन्द्रीय सदस्यहरुले बहिस्कार गरेका हुन् । यस प्रकरणमा छानविन हुनुपर्ने उनीहरुको माग छ ।

शुक्रबार कपिलवस्तुको तिलौराकोटमा महासंघको केन्द्रीय समितीको बैठक आरम्भ हुन साथ केन्द्रीय सदस्यहरुले मिडिया अवार्डका नाममा महासचिवको हस्ताक्षर दुरुपयोग, अध्यक्षले विभिन्न ठाउँमा फोन गरेर पैसा मागेको तथा विवादित कार्यक्रममा गएर अध्यक्षले संस्थागत मान्यता दिएको घटनाको छानबिन हुनुपर्ने बताएका थिए ।

महासचिव रोशन पुरीले अध्यक्ष पोखरेललाई बैठकको अध्यक्षता गरिदिन आग्रह गर्नासाथ केन्द्रीय सदस्यहरुले मिडिया अवार्ड र प्रेस काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतको सिफारिस पत्रमा महासंघ अध्यक्ष पोखरेलको हस्ताक्षरको विषयमा प्रश्न उठाउँदै यी विषय सम्बोधन नभएसम्म बैठक सुरु हुन नसक्ने बताए ।

‘मिडिया अवार्ड प्रकरण’को बिषयमा प्रष्ट नभएसम्म महासंघको बैठक अगाडि नबढाउन आग्रह गरेर आफूहरु बैठकबाट बाहिरिएको केन्द्रीय सदस्य माधव पौडेलले बताए । उनले भने, ‘मिडिया अवार्ड प्रकरण’ले हाम्रो गरिमामय संस्था माथि नै प्रश्न उठेको छ । यो प्रकरणमा अध्यक्ष समेत जोडिएको समाचार बाहिर आएका छन् । कम्तीमा यर्थाथ नआएसम्म उहाँको अध्यक्षतामा बैठक अघि बढाउन हुन्न भन्ने हाम्रो मान्यता रहेको छ । छानविन गरेर प्रष्ट हुन जरुरी छ ।

प्रकाशित मिति : २०७८, १ माघ शनिबार  ७ : ०० बजे

कोराबाटै मतदातासँगै छु, भन्छन् एमाले उम्मेदवार विनोद ढकाल

विराटनगर । मोरङ क्षेत्र नम्बर ६ बाट प्रतिनिधिसभा सदस्य पदका

एमालेले भन्यो-भ्रम नरहोस्, जेनजीका जायज मागको विरोध गरेका छैनौँ : मीनबहादुर शाही

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का आम निर्वाचन प्रचार

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड