२०८२, १९ मंसिर शुक्रबार

महाकाली नदीमा डुंगा दुर्घटना हुँदा : बेपत्ता दुईमध्ये किशोरीको शव भेटियो

महाकाली नदीमा डुंगा दुर्घटना हुँदा : बेपत्ता दुईमध्ये किशोरीको शव भेटियो


बैतडी, ११ कात्तिक :   बैतडीमा महाकाली नदीमा डुंगा दुर्घटना हुँदा एक किशोरीको ज्यान गएको छ भने एक जना बेपत्ता भएका छन् । बैतडी प्रहरीका अनुसार बुधबार साँझ डुंगा पल्टिँदा शिवनाथ गाउँपालिका–१ की १३ वर्षीया मीना साउदको मृत्यु भएको हो भने सोही स्थानका ८ वर्षीय सन्दीप साउद महाकाली नदीमा बेपत्ता भएका हुन् ।

बैतडी जिल्ला प्रहरीका कार्यालयका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक दर्शन खड्काका अनुसार १० जना चढेको डुंगा शिवनाथ–१ स्थित महाकाली नदीको खाँडघाटमा बुधबार साँझ दुर्घटनामा परेको हो ।

त्यस क्रममा बेपत्ता भएका मीना र सन्दीपमध्ये आज बिहान ७ः३० बजे मीनाको शव महाकाली नदी किनारमा फेला परेको हो । सन्दीपको खोजी जारी रहेको प्रहरीले जनाएको छ । खोजीका लागि नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको छ ।

प्रकाशित मिति : २०७८, ११ कार्तिक बिहीबार  १० : ४१ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको