२०८२, २४ कार्तिक आईतबार

शिक्षण अस्पतालमा २४ वर्षीया सीताले जन्माइन् चम्ल्याहा छोरी

शिक्षण अस्पतालमा २४ वर्षीया सीताले जन्माइन् चम्ल्याहा छोरी


पाल्पा, १० कात्तिक :  पाल्पाको माथागढी गाउँपालिका–१ की २४ वर्षीया महिलाले चम्ल्याहा छोरीलाई जन्माएकी छन् । रुपन्देहीको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेज शिक्षण अस्पतालमा सीता सार्कीले मंगलबार दिउँसो चार छोरीलाई जन्माएकी हुन् । कात्तिक ६ गते अस्पताल भर्ना भएकी सार्कीको मंगलबार दिउँसो महिला तथा प्रसूति विशेषज्ञ डा. तारा केसीको टीमले शल्यक्रिया गरेको थियो ।

अस्पतालका अनुसार सार्कीले एक किलो ६० ग्राम, एक किलो एक सय ग्राम, एक किलो १३० ग्राम र एक किलो एक सय १५ ग्राम तौलका चार छोरी जन्माएकी हुन् । अस्पतालका जनसम्पर्क अधिकृत सुशील गुरुङका अनुसार चारै जना शिशु र आमाको अवस्था सामान्य छ । सामान्यतः दुई–दुई किलो पाँच सय ग्राम तौलसम्मको बच्चा जन्मिएमा सामान्य मानिन्छ ।

तर, सार्कीले जन्माएका चार छोरीको तौल आधा कम छ । बच्चा स्वस्थ हुँदाहुँदै पनि तौल कम भएकाले इन्फेक्सन नहोस् भनेर एनआईसीयूमा राखिएको गुरुङले बताए ।

प्रकाशित मिति : २०७८, १० कार्तिक बुधबार  ९ : ४८ बजे

एक हजार दरका ४३ करोड नोट छाप्ने जिम्मा चिनियाँ कम्पनीलाई

काठमाडौं । नेपाल राष्ट्र बैंकले एक हजार रुपैयाँ दरका नयाँ

आज विश्व स्वतन्त्रता दिवस

काठमाडौं । आज नोभेम्बर ९ अर्थात विश्व स्वतन्त्रता दिवस ।

मूलधारका मिडियाहरु सकस र संघर्षपूर्ण तरिकाले चल्नु परेको छ : मन्त्री खरेल

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले अहिलेका परिस्थितिमा

एक महिना नपुग्दै ढल्यो मधेस सरकार, मुख्यमन्त्रीको राजीनामा स्वीकृत

जनकपुर । मधेस प्रदेशका मुख्यमन्त्री जितेन्द्र प्रसाद सोनार (सोनल) को

सिरानचोकमा माइक्रोबस दुर्घटना, १७ जना घाइते

सिरानचोक । सिरानचोक गाउँपालिका-४, चोरकाटेस्थित घुम्तीमोडमा भएको एक माइक्रोबस दुर्घटनामा