कञ्चनपुर, २ कातिक : लगातारको वर्षाका कारण कञ्चनपुरको महाकालीलगायत सुदूरपश्चिम प्रदेशका विभिन्न जिल्लामा बाढीमा फसेका तथा पहिरोमा परेकाको उद्धारका लागि हेलिकोप्टर ल्याउने तयारी भइरहेको छ ।
बाढीमा फसेकाको उद्धारका लागि हेलिकप्टर प्रयोग गर्न लागिएको सुदूरपश्चिम प्रदेशका आन्तरिक मामिला तथा कानुनमन्त्री पूर्णा जोशीले जानकारी दिइन् । ‘सुर्खेतबाट हेलिकप्टर बिहानै आउने तयारी थियो । तर प्रतिकूल मौसमका कारण हेलिकोप्टर उड्न सकेको छैन’, उनले भनिन्, ‘महाकालीमा मानिस फसेका छन् । पहाडी भेगबाट पनि त्यस्तो खबर आएको छ । हामी उद्धारमा लागेका छौं ।’
प्रतिक्रिया