काठमाडौं, २७ भदौं : पेरुको कम्युनिष्ठ आन्दोलन तथ ‘साइनिङ पाथ’ का अबिमाइल गुज्मान गोञ्जालोको निधन भएको छ । लामो समयदेखि बिरामी रहेका उनको ८६ वर्षको उमेरमा शनिबार बिहान मृत्यु भएको पेरुका न्याय मन्त्री अनिबल टोरेसले जानकारी दिएका छन् ।
दर्शनशास्त्रका प्राध्यापक समेत रहेका गोञ्जालो विगत २९ वर्षदेखि बन्दी जीवन बिताइरहेका थिए । उनी पेरुको युद्धको क्रममा सन् १९९२ राजधानी लिमाबाट गिरफ्तारीमा परेका थिए ।
त्यसपछि उनलाई त्यहाँको सत्ताले आजीवन कारागारको सजाय सुनाएको थियो । अन्तर्राष्ट्रिय सञ्चारमाध्यमका अनुसार उनलाई विगत केही वर्षदेखि छालाको क्यान्सर भएको थियो ।
प्रतिक्रिया