२०८३, १ भाद्र मंगलबार

एमालेको नारावाजीपछि संसद बैठक शुक्रबारसम्मका लागि स्थगित

एमालेको नारावाजीपछि संसद बैठक शुक्रबारसम्मका लागि स्थगित

नाराबाजीकै बीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस


काठमाडौं, २३ भदौं  :  संसद बैठक भदौ २५ गते शुक्रबारसम्मका लागि स्थगित भएको छ । एमालेका सांसदहरुले सभामुख अग्निप्रसाद सापकोटाको भूमिकामाथि प्रश्न उठाउँदै लगातार दोस्रो पटक संसद अवरुद्ध गरेपछि बैठक भदौ २५ गते शुक्रबार १ बजे बस्ने गरी स्थगित भएको हो ।

एमालेका प्रमुख सचेतक विशाल भट्टराईले सभामुखले एमालेले कारवाही गरेका सांसदहरुको सम्बन्धमा सूचना नदिएको भन्दै अनुत्तरित प्रश्न सिर्जना भएको बताएका थिए ।

लगत्तै संसद बैठक १५ मिनेटका लागि रोकिएको थियो । पुनः सभामुख सापकोटाले बैठक सुरु गरे पनि सांसदहरुले अवरोध गरे । नारावाजीसहित रोष्ट्रम घेरेपछि सभामुख सापकोटाले बैठक सञ्चालन गर्न सहयोग गर्न एमाले सांसदहरुसँग आग्रह गरेका थिए । तर, एमाले सांसदहरुको लगातारको अवरोधपछि बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको हो ।
नाराबाजीकै बीच राजनीतिक दलसम्बन्धी अध्यादेश पेस

राजनीतिक दलसम्बन्धी अध्यादेश प्रतिनिधि सभामा पेस भएको छ । प्रमुख प्रतिपक्ष नेकपा एमालेका सांसदको नाराबाजीकै बीच राजनीतिक दलसम्बन्धी अध्यादेश संसदमा पेस भएको हो ।

प्रकाशित मिति : २०७८, २३ भाद्र बुधबार  ६ : ०६ बजे

तीन दिनदेखि हराइरहेकी तीन वर्षीया बालिका छिमेकीको घरमा मृत फेला

बारा । जितपुरसिमरा उपमहानगरपालिकामा तीन दिनदेखि बेपत्ता रहेकी तीन वर्षीया

कांग्रेस महाधिवेशनको नयाँ तालिका सार्वजनिक, भदौ २४ बाट अधिवेशन सुरु

काठमाडौं । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत तल्ला तहका अधिवेशनको संशोधित

बागमतीमा एमालेको नयाँ समीकरण, थपलिया दलनेता नै रहने–किरण थापा मुख्यमन्त्री

हेटौँडा । नेकपा एमालेले बागमती प्रदेश सरकारको नेतृत्व परिवर्तनको बाटो

स्मार्ट टेलिकम प्रकरणमा मुद्दा परे पनि बैंकका सीईओ-सञ्चालक पदमै रहने

काठमाडौं । स्मार्ट टेलिकमको धितो बिक्री प्रकरणमा नेपाल इन्भेस्टमेन्ट मेगा

रेडक्रसको जग्गा खरिदमा १ करोड ९३ लाखको खेल, पूर्वअध्यक्षसहित पाँच जना पक्राउ

काठमाडौं । नेपाल रेडक्रस सोसाइटीको जग्गा खरिद प्रकरणमा ठूलो आर्थिक