काठमाडौं, २२ साउन : स्वास्थ्य क्षेत्रको सुधारका लागि भन्दै पटक–पटक आमरण अनशन बसेर चर्चामा आएका डा। गोबिन्द केसीले पुनः अनशनको घोषणा गरेका छन् ।
सरकारसमक्ष विभिन्न पाँचबुँदे माग अगाडि सारेर उनले अनशन बस्ने घोषणा गरेका हुन् । आफ्नो माग पूरा नभए आगामी भदौ ३ गतेदेखि अनशन बस्न शुरू गरिने उनको चेतावनी छ ।
स्वास्थ्य राज्यमन्त्री उमेश श्रेष्ठलाई पदमुक्त गर्नुपर्ने उनको मुख्य माग छ । हप्तौंसम्म स्वास्थ्यमन्त्री नियुक्त नभएको अवस्थामा निजी अस्पतालका सञ्चालकलाई स्वास्थ्य राज्यमन्त्री बनाएर सरकारले देशको स्वास्थ्य क्षेत्रलाई नै उल्टो र गलत बाटोमा डोर्याउने प्रयास गरेको दाबी गर्दै उनले स्वास्थ्य राज्यमन्त्री श्रेष्ठको राजीनामा पहिलो शर्त बनाएका हुन् ।
प्रतिक्रिया