२०८२, २ फाल्गुन शनिबार

पानी नपरे पनि सिन्धुपाल्चोकमा रोकिएन बाढी

पानी नपरे पनि सिन्धुपाल्चोकमा रोकिएन बाढी

मेलम्ची आयोजना जोखिममा, १ असारको बाढीबाट पाँचको मृत्यु, १८ बेपत्ता


काठमाडौं, १८ साउन :  पानी नपरे पनि सिन्धाुपाल्चोकमा बाढी–पहिरो अझै रोकिएको छैन । मेलम्ची खोलाको बाढीले तटीय क्षेत्रमा कटान कायमै राखेको छ । मुहान क्षेत्रमा थुप्रिएको लेदोसहित उर्लिएको मेलम्चीको बाढी अहिले पनि कम नभएको स्थानीयले जानकारी दिएका छन् ।
भूकम्पको कम्पनले थिलथिलो बनेको भेमाथाङको विशाल चौर वर्षाको पानीले गलेर पहिरोमा परिणत हुने क्रम रोकिएको छैन । आइतबार बिहानै एभरेस्ट हेलिकोप्टरबाट भेमाथाङ पुगेका हेलम्बु गाउँपालिका अध्यक्ष निमाग्याल्जेन शेर्पाले लेदोसहितको बाढी बर्खाभर आइरहने अवस्था रहेको जानकारी दिएका छन् ।

यता सिन्धुपालचोकको मेलम्चीमा पटकैपिच्छे बाढी गइरहनु मुसलधारे वर्षा मात्रै कारण नभएको विज्ञ टोलीले प्रारम्भिक निष्कर्ष निकालेको छ । सिन्धुपालचोकको माथिल्लो क्षेत्रको रेकी र भ्रेमाथाङ क्षेत्रको पहिरोको भिडिओ हेरेपछि विज्ञहरुले यस्तो निष्कर्ष निकालेका हुन् ।
उनीहरुले चनौटे बजार, टिम्बु, नाकोटे, घ्याङफेदी, हेलम्बु र भ्रेमाथाङ र आसपासका क्षेत्रको भौगोलिक अध्ययन गरेका थिए । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा विपद् प्राधिकरणले १ असारमा मेलम्चीमा बाढी गएपछि विज्ञ टोली बनाएर सिन्धुपालचोकको बाढी र पहिरोग्रस्त क्षेत्रको अध्ययन गरेको थियो । टोलीले रुख नकाटे पनि, डोजर नचलाए पनि माटो कमसल हुँदा विभिन्न कारणले भूक्षय हुने र त्यसले मेलम्चीको जस्तो विपति ल्याएको निष्कर्ष निकालेको छ । हाइड्रोलोजिस्ट राजेन्द्र शर्माका अनुसार मेलम्चीको मुहानको माथि पहिला हिमनदीले ल्याएको थेग्रिनी सेडिमेन्ट्स छ ।

त्यही ग्रेगानबाट बनेको चौर कमजोर भएर बगेपछि सबै तल्लो तटीय क्षेत्रमा असर पु¥याएको हो । १ असारमा जस्तै शनिबार राति शीरबाट ढुंगा, माटो, रुख बिरुवासहितको लेदो आएर चनौटे क्षेत्रमा घर र पुल बगाएको थियो । प्राधिकरणका कार्यकारी प्रमुख अनिल पोखरेलले सिन्धुपालचोकमा थुप्रिएको थेग्रिनी हिमाली क्षेत्रकै सबैभन्दा ठूलो थेग्रिनीमध्येको एक रहेको बताए । उनले भने, ‘यो गेग्रानको असर तल दोलालघाट र त्यसको आसपासको क्षेत्रमा समेत पर्न सक्छ । बाढीले थेग्रानी कति ल्यायो भन्न नसके पनि जियोलोजिस्टको भाषामा यो खतराको सूचक हो ।’ हाइड्रोलोजिस्ट डा। विष्णु पाण्डेका अनुसार इसिमोडको सन् २०११ को अध्ययनले मेलम्चीको हिमाली भागमा ४ वटा हिमताल देखाउँछ ।

‘तर त्यो फुटेको देखिन्न । त्यसमाथि सुक्ष्म अध्ययन हुन जरुरी छ । अनि मात्र केही भन्न सकिन्छ । मेलम्ची खोलाको स्लोप बढी छ, जसले त्यहाँ थोरै पानी पर्दा पनि त्यसको गति र ऊर्जा बढी हुन्छ, सम्भवतः यही कारणले शनिबार थोरै पानी पर्दा पनि बाक्लो लेदो बाढी गएको हुनसक्छ’, उनले भने ।
खानी तथा भूगर्व विभागका उपसचिव शिवकुमार बाँस्कोटाले भने, ‘कसरी ती ठाउँमा गेग्रान थपियो थाहा भएन, सम्भवतः नदीले सतहमा थुपा¥यो र पहिरोले थुनियो । अहिले वर्षामा निस्क्यो । चनौटे क्षेत्रमा अझै कटान जारी छ ।’ बाढी र पहिरोले अहिलेसम्म कति क्षति ग¥यो भन्ने कुरा पनि प्राधिकरणले आंकलन गर्न सकेको छैन ।

मेलम्ची आयोजना जोखिममा
सिन्धुपालचोकको भ्रेमाथाङमा गएको पहिरोले काठमाडौँ उपत्यकामाा पानी ल्याउन मेलम्ची आयोजनाको भविष्य संकटमा परेको छ ।
विज्ञहरुले सिन्धुपालचोकको बाढी र पहिरो गएको क्षेत्र अवलोकन र स्याटलाइटले खिचेका तस्बिरहरुको हेरेर मूल्याङ्कनपछि यस्तो आंकलन गरेका हुन् । भ्रेमाथाङ क्षेत्रमा शनिबार राति पहिरो गएपछि मेलम्चीमा बाढी आएको थियो ।
मेलम्चीबाट माथिल्लो क्षेत्रको रेकी र भ्रेमाथाङ क्षेत्रको पहिरोको भिडिओ हेरेपछि विज्ञहरूले मेलम्ची खानेपानी आयोजनाको भविष्य संकटमा रहेको बताएका हुन् । मेलम्ची अवलोकन गरी आएका हाइड्रोलोजिस्ट राजेन्द्र शर्माकाअनुसार मेलम्ची आयोजनाको माथि रहेको भ्रेमाथाङ चौर वर्षौअघि हिमनदीले बगाएर ल्याएको थेग्रिनीबाट बनेको छ ।
२०७२ सालको भूकम्पपछि उक्त चौर कमजोर बनेको छ र अहिले त्यही थेग्रिनी बग्न थालेकाले आयोजनाको बारेमा सोच्नुपर्ने बताए । उनले भने, ‘भ्रेमाथाङमा थुप्रिएको थेग्रिनी झर्ने नै हो । अहिले पो मेलम्चीको टनेल बन्द छ, जान सकेन । टनेल खुलेपछि सबै झरिहाल्छ । त्यसैले मेलम्चीको भविष्य अध्ययन गर्नुपर्ने हुन्छ ।’

१ असारको बाढीबाट पाँचको मृत्यु, १८ बेपत्ता
गत १ असारको बाढीले पाँचको मृत्यु र १८ बेपत्ता भएका थिए । तर, यो पटक स्थानीय सबै सचेत र पूर्व तयारीमा रहेकाले मानवीय क्षति हुन पाएन । मेलम्ची नगरपालिकाका प्रमुख डम्बरबहादुर अर्यालले भौतिक क्षतिको अनुमान नै गर्न नसक्ने अवस्था बनेको बताए । मेलम्ची नगरपालिकाभित्र १९६ घर काम नलाग्ने भइसकेको छ । शनिबार र आइतबार आएको बाढीले थप दुई घर बगाएको उनले बताए । ६० रोपनी खेतको धान बाली बाढीले बगाएको छ । तटीय क्षेत्रमा आंशिक क्षति पुगेका भौतिक संरचना सबै काम नलाग्ने भएको अर्यालले बताए । हेलम्बु गाउँपालिकाको नाकोतेदेखि ग्याल्थुमसम्म तीन सय घर बगाएको थियो । शनिबारको बाढी चनौटे बजार छिरेकाले करोडौं मूल्यका पक्की घर धमाधम ढल्न थालेका छन् । यस पटक मात्रै बाढीले बाहुनेपाटीमा रहेको मध्यपहाडी लोकमार्ग जोड्ने लामो मोटरेबल पुलमा आंशिक क्षति पुगेको छ । मेलम्चीबाट नदीले धार परिवर्तन गरेर पुलको फाउन्डेसनलाई एकोहोरो हानिरहेकाले पुल जोखिममा परेको छ । भीमटार क्षेत्रमा ४० रोपनी खेतमा लगाएको धान बाली बगाएको स्थानीय सुरेन्द्र दनुवारले बताए ।

प्रकाशित मिति : २०७८, १८ श्रावण सोमबार  १० : ५५ बजे

एमालेले भन्यो-भ्रम नरहोस्, जेनजीका जायज मागको विरोध गरेका छैनौँ : मीनबहादुर शाही

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (एमाले) का आम निर्वाचन प्रचार

लन्डनमा भूतपूर्व गोर्खा सैनिकलाई भोक हड्ताल नगर्न बेलायत सरकारको आग्रह

लन्डन । बेलायतको रक्षा मन्त्रालयले भूतपूर्व गोर्खा सैनिकहरूलाई भोक हड्ताल

झापामा अध्यक्ष ओलीका सात दिन ८० वटा टोलमा मतदाता भेटघाट

झापा । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले आगामी फागुन

दैलेखको जलजलेमा ८० अर्ब ७० करोड घनमिटर ग्यास भण्डारण पुष्टि

दैलेख । भैरवी गाउँपालिका–१ जलजले क्षेत्रमा ८० अर्ब ७० करोड

सत्ताको दुरूपयोग गर्दै नेकपा उम्मेदवार दाहालले गरे पार्टी प्रवेशको प्रपञ्च, साँझ नपर्दै यसरी खुल्यो तथ्य

सिन्धुली: निर्वाचनमा पराजय हुने अबस्था आएपछि नेकपाका उमेदवारले कस्तो षडयन्त्र गर्न