२०८२, १९ मंसिर शुक्रबार

सिन्धुपाल्चोकको मेलम्चीमा फेरि बाढी आयो, केही घरमा क्षति, प्रहरी चौकी विस्थापित

सिन्धुपाल्चोकको मेलम्चीमा फेरि बाढी आयो, केही घरमा क्षति, प्रहरी चौकी विस्थापित


सिन्धुपाल्चोक, १७ साउन  सिन्धुपाल्चोकको मेलम्चीमा गए शनिबार राति फेरि एक्कासी बाढी आएको छ । बाढीले केही घरमा क्षति पुर्‍याएको छ भने तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ ।

लेदो माटोसहितको बाढीले केही घरमा क्षति पुगेको र केही घरमा पानी पसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिएका छन् । तालामाराङ प्रहरी चौकीमा बाढीको पानी पसेपछि नजिकैको अर्को भवनमा सरेको जानकारी उनले दिए ।
हेलम्बु गाउँपालिका–१ हेमाथाङ्का चौरमा पहिरो गएर केहीबेर थुनिएपछि बाढी आएको अनुमान गरिएको उनले जानकारी दिए । चनौटे बजारको बीच भागबाटै पानी बग्न थालेको छ ।

यसअघि गएको असार १ गते मेलम्ची र हेलम्बुमा बाढी पहिरो जाँदा ठूलो जनधनको क्षति भएको थियो । मेलम्चीको बाढीमा हराइरहेका २० जना अझै फेला परेका छैनन् । शनिबार साँझ आएको बाढी पनि यसअघि बगेको मेलम्चीस्थित चनौटे बजारको बीच भागबाट बगेको प्रजिअ पोखरेलले बताए । एक्कासी ठूलो बाढी आएपछि तटिय क्षेत्रमा सुरक्षाकर्मीलाई अलर्ट अवस्थामा राखिएको छ ।

प्रकाशित मिति : २०७८, १७ श्रावण आईतबार  ६ : ३८ बजे

“योजना एउटाको, श्रेय अर्काको” उज्यालो नेपाल पार्टी माथि पोखरेलको प्रहार

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले ‘उज्यालो नेपाल’ नामक

मार्गशीर्ष शुक्ल पूर्णिमाः आज किराँत समुदाय उँधौली पर्व मनाउँदै

काठमाडौँ । मार्गशीर्ष शुक्ल पूर्णिमाको अवसरमा आज किराँत समुदायले उँधौली

एनपिएल: आज दुई खेल हुने, प्लेअफका लागि निर्णायक दिन

काठमाडौँ । त्रिभुवन विश्वविद्यालय अन्तर्राष्ट्रिय क्रिकेट रङ्गशालामा जारी दोस्रो संस्करणको

सिन्धुलीबाट सौराहा घुम्न आएकी किशोरीको होटलको छतबाट खसेर मृत्यु

चितवन । सिन्धुलीबाट सौराहामा घुम्न आएकी १८ वर्षीया किशोरीको होटलको

काठमाडौंको धोबीखोलामा एक व्यक्ति मृत फेला

काठमाडौं । काठमाडौंको धोबी खोलामा एक व्यक्तिको शव फेला परेको