२०८३, २५ भाद्र शुक्रबार

सिन्धुपाल्चोकको मेलम्चीमा फेरि बाढी आयो, केही घरमा क्षति, प्रहरी चौकी विस्थापित

सिन्धुपाल्चोकको मेलम्चीमा फेरि बाढी आयो, केही घरमा क्षति, प्रहरी चौकी विस्थापित


सिन्धुपाल्चोक, १७ साउन  सिन्धुपाल्चोकको मेलम्चीमा गए शनिबार राति फेरि एक्कासी बाढी आएको छ । बाढीले केही घरमा क्षति पुर्‍याएको छ भने तालामाराङको प्रहरी चौकी विस्थापित भएको छ ।

लेदो माटोसहितको बाढीले केही घरमा क्षति पुगेको र केही घरमा पानी पसेको जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका डिएसपी प्रकाश सापकोटाले जानकारी दिएका छन् । तालामाराङ प्रहरी चौकीमा बाढीको पानी पसेपछि नजिकैको अर्को भवनमा सरेको जानकारी उनले दिए ।
हेलम्बु गाउँपालिका–१ हेमाथाङ्का चौरमा पहिरो गएर केहीबेर थुनिएपछि बाढी आएको अनुमान गरिएको उनले जानकारी दिए । चनौटे बजारको बीच भागबाटै पानी बग्न थालेको छ ।

यसअघि गएको असार १ गते मेलम्ची र हेलम्बुमा बाढी पहिरो जाँदा ठूलो जनधनको क्षति भएको थियो । मेलम्चीको बाढीमा हराइरहेका २० जना अझै फेला परेका छैनन् । शनिबार साँझ आएको बाढी पनि यसअघि बगेको मेलम्चीस्थित चनौटे बजारको बीच भागबाट बगेको प्रजिअ पोखरेलले बताए । एक्कासी ठूलो बाढी आएपछि तटिय क्षेत्रमा सुरक्षाकर्मीलाई अलर्ट अवस्थामा राखिएको छ ।

प्रकाशित मिति : २०७८, १७ श्रावण आईतबार  ६ : ३८ बजे

ग्यास अभाव विवाद चर्किएपछि उद्योगमन्त्री यादवको राजीनामा

काठमाडौं । ग्यास अभावको समस्या समाधान गर्न नसकेको भन्दै चौतर्फी आलोचना

बाढीपहिरो पीडितको उद्धार तथा राहतका लागि टेक्नो मोबाइलद्वारा १० लाख रुपैयाँ सहयोग

काठमाडौँ ।  अविरल वर्षाका कारण उत्पन्न बाढीपहिरो तथा प्राकृतिक विपद्बाट

केम्पो ओपन कपमा प्रतिस्पर्धा गर्न नेपाली टोली पोर्चुगल प्रस्थान

काठमाडौं । विश्वका करिब ३० देशका खेलाडी सहभागी हुने अन्तर्राष्ट्रिय

गगन थापा स्याङ्जा जाँदै, गोपालमान श्रेष्ठको ४५औँ पुण्यकार्यमा सहभागी हुने

काठमाडौं । नेपाली कांग्रेसका सभापति गगन थापा स्याङ्जा जाने भएका छन्।

तीन वटा संसदीय समितिको बैठक बस्दै

काठमाडौं । आज तीन वटा संसदीय समितिको बैठक बस्ने भएको